फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ « Khabarhub

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ‘भविष्य’ को युद्ध अन्तरिक्षमा सुरु हुने बताएका छन् ।

उनले अन्तरिक्षमा सैन्य गतिविधिमा अरबौँ युरो खर्च बढाउने घोषणा गर्दै बुधबार भने,‘अहिले विश्व आकाशमा युद्ध लडिरहेको छ र भोलिको युद्ध अन्तरिक्षबाट सुरु हुनेछ ।’

म्याक्रोनले अन्तरिक्ष अब युद्धको मैदान बन्ने बताए । उनले भने, ‘रूसले २०२२ मा युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेपछि अन्तरिक्षमा ‘जासुसी’ गतिविधिहरू गरिरहेको छ।

‘रुसी अन्तरिक्ष यानहरूले फ्रान्सेली उपग्रहहरूको निगरानी गरिरहेका थिए, त्यहाँ जीपीएस सिग्नलहरू सामूहिक जाम भएका थिए र अन्तरिक्ष पूर्वाधारहरूमा साइबर आक्रमण भएको थियो,’ उनले बताए ।

म्याक्रोनले अन्तरिक्षमा आणविक हतियारको रुसी धम्कीलाई पनि औंल्याउँदै भने, ‘अन्तरिक्षमा आणविक हतियारको प्रभाव सम्पूर्ण विश्वका लागि विनाशकारी हुनेछ।’

म्याक्रोँले सन् २०३० सम्म सैन्य अन्तरिक्ष गतिविधिका लागि थप ४.२ अर्ब युरो (४.९ अर्ब डलर) को कोष घोषणा गरेका छन् । युरोपेली अन्तरिक्ष क्षेत्रमा ‘कमजोर’ रहेको बताउँदै उनले भने, ‘हाम्रा युरोपेली च्याम्पियनहरू विश्व बजारमा प्रतिस्पर्धी हुनुपर्ने आवश्यकतामा पनि जोड दिए ।

फ्रान्सको अन्तरिक्ष रणनीतिका लागि उल्लिखित प्राथमिकताहरूमा ‘भविष्यका प्रक्षेपकहरू विकास गर्ने’ र पुनः प्रयोग गर्न योग्य, कम लागतको प्रणोदन र उच्च–थ्रस्ट इन्जिनहरू रहेका छन्।

स्पेस एक्सको नेतृत्व गरिरहेका अमेरिकी अर्बपति एलन मस्क र जेफ बेजोसको ब्लू ओरिजिनको महत्वाकाङ्क्षी कार्यक्रमलाई सङ्केत गर्दै म्याक्रोँले भन, ‘प्रमुख तेस्रो पक्ष शक्ति वा कुनै पनि ‘स्पेस म्याग्नेट’ मा निर्भर हुने प्रश्नै छैन।’

फ्रान्सले जर्मनीसँगको सहकार्यमा उन्नत चेतावनी क्षमताहरूको विकासलाई गति दिइरहेको छ, अन्य राज्यहरूमा निर्भरता कम गर्न ‘अरोर राडार’ प्रणालीको साथ अन्तरिक्ष निगरानीलाई बलियो बनाइरहेको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १० : ३८ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९५ लाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं– केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त भएका ४५४ उजुरीमध्ये

खाडी क्षेत्रमा इरानी प्रहार, तेल पूर्वाधार प्रभावित

एजेन्सी– अमेरिका र इजरायलसँग जारी युद्धको पृष्ठभूमिमा इरानले आफ्नो आक्रमणको

नगरकोट–सुडाल सडक दुर्घटना : तीन जनाको उपचारकै क्रममा मृत्यु

भक्तपुर– नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको कार चाँगुनारायण

‘उडान अनिश्चत भएपछि न भोट हाल्न पाइने भो, न विदेश जान’

काठमाडौं–  देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह