नगरकोट–सुडाल सडक दुर्घटना : तीन जनाको उपचारकै क्रममा मृत्यु « Khabarhub

नगरकोट–सुडाल सडक दुर्घटना : तीन जनाको उपचारकै क्रममा मृत्यु


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा दुर्घटना हुँदा घाइते पाँचमध्ये तीन जनाको उपचारकै क्रममा मृत्यु भएको छ।

सोमबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते काठमाडौँ महानगरपालिका–३२ जडीबुटीका ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधानको आज मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए।

प्रहरीका अनुसार योगेन्द्र र सुरेन्द्रको उपचारका क्रममा मध्यपुर अस्पतालमा तथा कृष्णमायाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। दुर्घटनामा घाइते अन्य दुई जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ६ : ५५ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका