कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ « Khabarhub

कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चोरीको १० लाख २३ हजार ५०० रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार रहेका नुवाकोट बेलकोटगढी–९ का दीपक गजुरेललाई ठमेलबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार गजुरेलले यही शुक्रबार राति काठमाडौंको सोह्रखुट्टेस्थित होटल लोटस ग्राण्डको पहिलो तल्लामा रहेको नेपाल होलिडे टे«क एण्ड ट्राभल्सको कार्यालयबाट चोरी गरेको पाइएको छ ।

गजुरेलले काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित राज फाइनान्सबाट पनि यही मङ्सिर २४ गते चोरी गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले आरोपी गजुरेलबाट नगदसहित खैरो रङको व्याग, चोरी गर्दा प्रयोग गरेको हरियो रङ्को हुडी, क्यानन क्यामेरा, हार्ड ड्राइभलगायतका सामग्री बरामद गरेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ७ : ४३ बजे

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय