तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन सम्पन्न « Khabarhub

तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन सम्पन्न


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– यसवर्षको तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन शुक्रबार चाँगुनारायण नगरपालिकामा सम्पन्न भएको छ ।

७७औँ अन्तराृष्ट्रिय मानवअधिकार दिवस तथा १७औँ राष्ट्रिय मानवअधिकार महोत्सवका अवसरमा चाँगुनारायण नगरपालिका र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजना एवं राष्ट्रिय जनवकालत मञ्च नेपाल तथा स्वच्छ हावा सञ्जाल चाँगुनारायणको सहकार्यमा सम्पन्न भएको हो ।

सम्मेलनको उद्घाटन गर्दै काठमाडौ‌ उपत्यका मेयर्स फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वच्छ हावा लिएर बाँच्ने नैसर्गिक अधिकार सुनिश्चितता गर्न स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका रहने बताए । उनले वातावरण सुधारका लागि स्थानीय तहले कूल बजेटको २० देखि २५ प्रतिशत बजेट विनियोजन गर्नु पर्ने, सडकको दायाँबायाँ रुख रोप्नु पर्ने, घरको नक्सा पास गर्दा दुईवटा रुख घर कम्पाउण्डमा रोप्नुपर्ने, वातावरण मास्नेलाई कडा कारबाहीको नीति लिँदै सडकमा रुख काट्नेदेखि मास्नेसम्मलाई एक लाख ५० हजारसम्म जरिवाना लगाएको बताए ।

उनले भने, ‘नेपाली सेनाले वर्षौँदेखि भोगचलन गर्दै आएको लगनखेलस्थित नेपाली सेनाको पेट्रोल पम्प पछाडि रहेको ३० रोपनी जग्गा र त्यही रहेको पागल पोखरीको १५ रोपनी जग्गा महानगरले फिर्ता लिएर अहिले आकर्षक र हरियालीसहितको ठूलो पार्क निर्माण गरेका छौँ ।’

कार्यक्रमका अध्यक्ष एवं चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले वातावरणमैत्री विकास निर्माणमा चाँगुनारायण नगरपालिकाले जोड दिएको बताउँदै नगरपालिकाले वातावरणीय संरक्षणको क्षेत्रमा सरोकारवाला र आमनागरिकको सहकार्यमा अगाडि बढिरहेको बताए ।

उनले चाँगुनारायण नगरपालिका ७५३ स्थानीय तहमध्ये वायू गुणस्तर कार्ययोजना तयार गर्ने पहिलो नगरपालिका रहेको बताउँदै नगरभित्रका इँटाभट्टा घट्दै गएको, सञ्चालनमा रहेकाले पनि वातावरणमैत्री प्रविधि अपनाउन थालेको र वायू प्रदूषण न्यूनिकरण प्रभावकारी भइरहेको बताए । (रासस)

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ७ : ३७ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा