नेपालको पहिलो रामसार क्षेत्र कोशी टप्पु (तस्बिरहरू) « Khabarhub

नेपालको पहिलो रामसार क्षेत्र कोशी टप्पु (तस्बिरहरू)


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसारभर सिमसार क्षेत्रको जैविक विविधता र त्यहाँको पारिस्थितिक पद्धतिको संरक्षणका लागि सन् १९७१ मा इरानको रामसार भन्ने शहरमा रामसार सन्धि भएको थियो ।

हाल नेपालमा भएको १० वटा रामसार क्षेत्र मध्ये कोशी टापु बन्यजन्तु आरक्षण पहिलो रामसार क्षेत्र हो । सन् १९८७ मा रामसार क्षेत्र घोषणा गरिएको यसको कुल क्षेत्रफल १७६ वर्ग किलो मिटर रहेको छ ।

यहाँ ५०० भन्दा बढी प्रजातिका रैथाने र बसाइँ सर्ने चराहरू पाइन्छ । नेपालमा जङ्गली भैँसी (अर्ना)  यस क्षेत्रमा मात्र पाइन्छन् । यहाँबाट चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका अर्नाहरू भने त्यहाँ बाच्न सकेनन् ।

कोसी टप्पुमा जङ्गली हात्ती, फ्याउरो, नीलगाई, मलहा बिरालो, डल्फिन, मृग  जस्ता जनावरहरू पाइन्छन् । सप्तकोसी नदीले कटान गरेर बनाएको यो संरक्षण क्षेत्र चरा पर्यटनको लागि  प्रख्यात छ ।

नेपालमा अर्नाको अन्तिम विचरण गर्ने यस ठाउँमा अहिले भने खुला रुपमा घरपालुवा भैँसीसँग क्रस ब्रिड हुने हुनाले अर्नाको वंशाणु  खतरामा परेको देखिन्छ ।

मान्छेहरूसँगको बढ्दो द्वन्द्व, सप्तकोसी प्रदूषण, अनियन्त्रित रुपमा माछा मार्ने, चराहरूको शिकार गर्ने, जस्ता घटनाहरूले हाल भने यस क्षेत्रको जैविक विविधतामा नकारात्मक असर पारेको देखिन्छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १२ : ३६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली