नेपालको पहिलो रामसार क्षेत्र कोशी टप्पु (तस्बिरहरू) « Khabarhub

नेपालको पहिलो रामसार क्षेत्र कोशी टप्पु (तस्बिरहरू)


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसारभर सिमसार क्षेत्रको जैविक विविधता र त्यहाँको पारिस्थितिक पद्धतिको संरक्षणका लागि सन् १९७१ मा इरानको रामसार भन्ने शहरमा रामसार सन्धि भएको थियो ।

हाल नेपालमा भएको १० वटा रामसार क्षेत्र मध्ये कोशी टापु बन्यजन्तु आरक्षण पहिलो रामसार क्षेत्र हो । सन् १९८७ मा रामसार क्षेत्र घोषणा गरिएको यसको कुल क्षेत्रफल १७६ वर्ग किलो मिटर रहेको छ ।

यहाँ ५०० भन्दा बढी प्रजातिका रैथाने र बसाइँ सर्ने चराहरू पाइन्छ । नेपालमा जङ्गली भैँसी (अर्ना)  यस क्षेत्रमा मात्र पाइन्छन् । यहाँबाट चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका अर्नाहरू भने त्यहाँ बाच्न सकेनन् ।

कोसी टप्पुमा जङ्गली हात्ती, फ्याउरो, नीलगाई, मलहा बिरालो, डल्फिन, मृग  जस्ता जनावरहरू पाइन्छन् । सप्तकोसी नदीले कटान गरेर बनाएको यो संरक्षण क्षेत्र चरा पर्यटनको लागि  प्रख्यात छ ।

नेपालमा अर्नाको अन्तिम विचरण गर्ने यस ठाउँमा अहिले भने खुला रुपमा घरपालुवा भैँसीसँग क्रस ब्रिड हुने हुनाले अर्नाको वंशाणु  खतरामा परेको देखिन्छ ।

मान्छेहरूसँगको बढ्दो द्वन्द्व, सप्तकोसी प्रदूषण, अनियन्त्रित रुपमा माछा मार्ने, चराहरूको शिकार गर्ने, जस्ता घटनाहरूले हाल भने यस क्षेत्रको जैविक विविधतामा नकारात्मक असर पारेको देखिन्छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १२ : ३६ बजे

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम