थाइल्याण्ड-कम्बोडिया सीमा विवाद : हवाई आक्रमण जारी « Khabarhub

थाइल्याण्ड-कम्बोडिया सीमा विवाद : हवाई आक्रमण जारी


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कम्बोडियाली रक्षा मन्त्रालयका अनुसार थाइल्याण्डको सेनाले शनिबार बिहान दुईवटा एफ-१६ फाइटर जेटमार्फत पुरसात प्रान्तमा बम प्रहार गरेको छ ।

विज्ञप्तिमा बिहान ५ः५० र ५ः५५ बजे त्मोर क्षेत्रमा एउटा होटल भवन नष्ट गर्न दुईवटा बम प्रहार गरिएको भनिएको छ । त्यसपछि बिहान ६ः०२ र ६ः०७ बजे चेई चम्नास पुल नष्ट गर्न दुईवटा बम प्रहार गरियो भने ६ः१२ बजे पुरानो चेई चम्नास पुलमा थप बम प्रहार भएको छ ।

कम्बोडियाली रक्षा मन्त्रालयले भनेको छ, ‘थाइल्याण्डको बमबार्डमेन्ट अझै रोकिएको छैन ।’ थाइल्याण्डको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । कम्बोडिया–थाइल्याण्ड सीमाक्षेत्रको विवाद ७ डिसेम्बरदेखि पुनः शुरू भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बताए, ‘उनले थाइल्याण्ड र कम्बोडियाका नेतासँग फोनमार्फत वार्ता गरे र दुवै पक्षले शुक्रबार साँझदेखि लागू हुने युद्धविराम स्वीकार गरे ।’

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १२ : २३ बजे

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

काठमाडौं– यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

बसको ठक्करबाट बालिकाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको

राष्ट्रिय झण्डा लुगा बनाइँदा सरकारको कडाइ : चुनावमा दुरुपयोग बढ्यो

काठमाडौं – जेन–जी आन्दोलनका क्रममा संसद् भवनमा आगो लगाउन गएकाको

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता, २८ मतदान केन्द्र

जोमसोम– आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि थासाङ गाउँपालिकास्थित