यु–१९ एसीसी कप : नेपालले श्रीलंकालाई दियो ८३ रनको सामान्य लक्ष्य « Khabarhub

यु–१९ एसीसी कप : नेपालले श्रीलंकालाई दियो ८३ रनको सामान्य लक्ष्य


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यु–१९ पुरुष एसीसी एसिया कप क्रिकेटमा नेपालले श्रीलंकालाई ८३ रनको लक्ष्य दिएको छ । 

युएईको दुबईस्थित द सेभेन्स रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २८ ओभर ५ बलमा अलआउट हुँदै ८२ रन बनाएको छ ।

नेपालका लागि सिब्रिन श्रेष्ठले सर्वाधिक १८ रनको योगदान दिए । यस्तै, साहिल पटेलले १२ तथा निरज कुमार यादवले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । 

श्रीलंकाका सेथमिक सेनेभिरत्नेले सर्वाधिक ५ विकेट लिए । यस्तै, रसिथ निम्सारा, भिग्नेश्वरन अकास, दुल्नित सिगेरा र चमिक हीनातिगलाले एक–एक विकेट लिए ।  

नेपाल आजको खेल जित्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

प्रतियोगितामा समूह ‘ए’ बाट भारत, पाकिस्तान, युएई र मलेसिया तथा समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

नेपालले दोस्रो खेल आगामी सोमबार बंगलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्नेछ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १ : १५ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल