ट्रम्पको मध्यस्थतापछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै « Khabarhub

ट्रम्पको मध्यस्थतापछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराममा सहमति भएको घोषणा गरे पनि थाइल्यान्डले कम्बोडियाविरुद्ध सैन्य आक्रमण जारी राख्ने स्पष्ट पारेको छ ।

थाइल्यान्ड र कम्बोडियाबीचको झडप औपनिवेशिक कालमा तय गरिएको करिब ८०० किलोमिटर लामो सीमासम्बन्धी विवादका कारण यस महिनादेखि पुनः चर्किएको हो । यस द्वन्द्वका कारण दुवै देशमा गरी करिब पाँच लाख मानिस विस्थापित भएका छन् भने पछिल्लो साता मात्र कम्तीमा २० जनाको मृत्यु भएको छ ।

शनिबार थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलले आफ्नो देशको भूमि र जनताको सुरक्षामा खतरा कायमै रहेसम्म सैन्य कारबाही रोकिने सम्भावना नरहेको बताए। बैंककस्थित संयुक्त प्रेस केन्द्रका अनुसार थाइ सेनाले बिहान ५ः५० बजे कम्बोडियाली सैन्य लक्ष्यहरूविरुद्ध प्रतिशोधात्मक आक्रमण गरेको थियो ।

कम्बोडियाले थाइ लडाकु विमानहरूले आफ्ना भूभागमा बम खसालेको आरोप लगाएको छ । यसबारे प्रतिक्रिया दिँदै थाइ नौसेनाका प्रवक्ताले द्वन्द्व क्षेत्रमा हतियार ढुवानी गर्न प्रयोग हुँदै आएका कम्बोडियाका दुई पुल ध्वस्त पारिएको जानकारी दिए।

शुक्रबार राष्ट्रपति ट्रम्पले थाइल्यान्डका प्रधानमन्त्री अनुटिन र कम्बोडियाका प्रधानमन्त्री हुन मानेटसँग भएको फोनवार्तापछि दुवै देशले तत्काल गोलीबारी रोक्ने सहमति गरेको दाबी गर्नुभएका थिए । तर दुवै पक्षले युद्धविराम उल्लङ्घनको आरोप एक–अर्कामाथि लगाइरहेका छन् ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले आफ्नो देश शान्तिपूर्ण उपायमार्फत समस्या समाधानमा प्रतिबद्ध रहेको बताएका छन् भने कम्बोडियाका सूचनामन्त्रीले थाइ सेनाले नागरिक पूर्वाधार र सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएका छन् । थाइ वायुसेनाले भने निर्दोष नागरिकलाई क्षति नपुग्ने गरी उच्च सटीक हतियार प्रयोग गरिएको दाबी गरेको छ ।

यसअघि अमेरिका, चीन र आसियान अध्यक्ष मलेसियाको मध्यस्थतामा जुलाईमा युद्धविराम भएको थियो । तर सीमामा बारुदी सुरुङ विस्फोटमा थाइ सैनिक घाइते भएपछि नोभेम्बरमा उक्त सम्झौता स्थगित गरिएको थियो ।

सीमावर्ती क्षेत्रबाट विस्थापित एक थाइ नागरिकले शान्ति प्रयासप्रति आशंका व्यक्त गर्दै कम्बोडियामाथि अब विश्वास गर्न गाह्रो भएको बताएका छन् ।
 

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ३ : २३ बजे

आप्रवासन प्रहरीले आफ्नै नागरिकको हत्या गरेपछि अमेरिकामा ‘जर्ज फ्लोयड प्रदर्शन’को झल्को

काठमाडौं– अमेरिकी समाज फेरि एक पटक हिंसात्मक बाटोमा अग्रसर हुने

सर्लाहीमा दादुरा नियन्त्रणका लागि आपतकालीन खोप अभियान 

काठमाडौं– सर्लाहीको मलंगवा नगरपालिका–३ मा दादुरा संक्रमण देखिएपछि त्यसको नियन्त्रणका

महोत्तरीबाट सात पूर्वमन्त्री चुनावी मैदानमा

जलेश्वर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लाबाट सात पूर्वमन्त्री

भारतको गणतन्त्र दिवस : कर्तव्य पथमा शक्ति प्रदर्शन, युद्धक ट्यांकरदेखि लडाकु जेटसम्म उतारियो

नयाँ दिल्ली- भारतले सोमबार ७७औँ गणतन्त्र दिवस मनाइरहेको छ। गणतन्त्र

भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार

चितवन– भारतमा दूधको मूल्य बढेपछि यहाँको किसानले बजार पाएका छन्