देशलाई समाजवादतर्फ उन्मुख गराउनुपर्छ : झलनाथ खनाल « Khabarhub

देशलाई समाजवादतर्फ उन्मुख गराउनुपर्छ : झलनाथ खनाल


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले देशलाई समाजवादतर्फ उन्मुख गराउनुपर्नेमा जोड दिएका छन् ।

शनिबार आयोजित नेकपाको ‘एकता सन्देशसभा’मा उनले देशको विकासका खातिर समाजवाद आवश्यक भएको बताए । पूर्वप्रधानमन्त्री खनालले मुलुकमा विदेशी हस्तक्षेप बढेको र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठेकाले हरेक नागरिक राष्ट्र र राष्ट्रियताप्रति गम्भीर हुनुपर्छ भने । 

फरक प्रसङ्गमा उनले भने, ‘पुँजीवादको अन्त्य र भ्रष्टाचारको अन्त्य गर्न सबै कम्युनिष्ट मिलेर समाजवाद स्थापना गर्नुको विकल्प छैन ।’

सोही पार्टीका नेता नारायणकाजी श्रेष्ठले जनताको पार्टी नेकपा भएकाले यसलाई भ्रष्टाचार नगर्नेहरूको पार्टीका रुपमा स्थापित गर्नुपर्ने बताए। उनले सबैलाई एकताबद्ध गराउनुपर्नेमा जोड दिँदै मजदुर, जनजाति, दलितलाई एकताबद्ध गरेर अगाडि बढ्नुपर्छ भने।

 उनले देशलाई राजनीतिक रुपमा निकास दिन नेकपाको उदय भएको बताए। 
 

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ४ : १३ बजे

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

काठमाडौं– यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

बसको ठक्करबाट बालिकाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको

राष्ट्रिय झण्डा लुगा बनाइँदा सरकारको कडाइ : चुनावमा दुरुपयोग बढ्यो

काठमाडौं – जेन–जी आन्दोलनका क्रममा संसद् भवनमा आगो लगाउन गएकाको

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता, २८ मतदान केन्द्र

जोमसोम– आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि थासाङ गाउँपालिकास्थित