एनपीएलको फाइनलमा लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक « Khabarhub

एनपीएलको फाइनलमा लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक पूरा गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा ११ औँ ओभरका अन्तिम तीन बलमा कप्तान रोहितले ह्याट्रिक पूरा गरे । खेलको १० ओभर ४ बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई आउट पारे । रुबेन ट्रम्पलमेनको हातबाट क्याच हुनुअघि उनले २० बलमा १३ रन बनाए ।

लगत्तै, अर्को बलमा दीपक बोहरा पनि आउट भए । सन्दीप जोराको हातबाट उनी क्याच भए । त्यसपछि ओभरको अन्तिम बलमा पुनित मेहरा एलबीडब्ली धरापमा परे ।

१० ओभरको प्रगतिका क्रममा लुम्बिनीका कप्तान रोहितले ह्याट्रिक लिए । १० ओभरको चौथो बलमा कप्तान दीपेन्द्रसिंह ऐरी, पाँचौ बलमा दीपक बोहोरा र अन्तिम पुनीत मेहरालाई आउट गर्दै रोहितले ह्याट्रिक पूरा गरेका हुन् ।

ओपनर बिनोद भण्डारी शून्य, शेल्डन ज्याक्सन १, आरिफ शेख ६, दीपेन्द्रसिंह ऐरी १३, दीपक बोहोरा र पुनीत मेहेरा शून्यमै आउट भएका हुन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ रोजेको हो ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ४ : ३१ बजे

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

इलाम– माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै