उपाधि उचाल्न सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सहज लक्ष्य « Khabarhub

उपाधि उचाल्न सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सहज लक्ष्य


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार जारी फाइनलमा उपाधि उचाल्नका लागि सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको सहज लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ राजेको सुदूरपश्चिमले १९ ओभरको पहिलो बलमा सबै विकेट गुमाउँदै ८५ रन बनाएको हो ।

पहिलो ओभरको अन्तिम बलमा ओपनर बिनोद भण्डारी आउट भएपछि सुदूरपश्चिमको ब्याटिङ दबाबमा गएको थियो । उनी २ बल सामना गरेर रनको खाता नखोली रुबेन ट्रम्पेलम्यानको बलिङमा दिनेश अधिकारीमार्फत् आउट भए ।

सुरुवातमै विकेट गएपछि दबाबमा गएको यो टोलीको ब्याटिङले लय समात्न सकेन ।

२ ओभरको तेस्रो बलमा पहिलो विकेट गुमेपछि ब्याटिङमा आएका शेल्डन ज्याक्सन आउट भए । ३ बलमा १ रन जोडेर उनी रुबेनकै बलको शिकार भए ।

आशिफ शेख ६ बलमा समान गरेर ६ रन बनाउँदा शेर मल्लको बलको शिकार भए । आरिफले ३ ओभरको तेस्रो बलमा चौका हान्दै सुदूरपश्चिमलाई पहिलो बाउन्ड्री दिलाए ।

दोस्रो बाउन्ड्रीका लागि सुदूरपश्चिमले ३८ बलको संघर्ष गर्नुपर्‍यो । कप्तान दीपेन्द्रसिंह ऐरीले ९ ओभरको पाँचौ बलमा छक्का हान्दै टिमलाई दोस्रो बाउन्ड्री दिलाए ।

चौथो विकेटका रुपमा १० ओभरको चौथो बलमा आउट भएका दीपेन्द्रले २० बलमा १३ रन जोडे । उनी आउट हुँदा सुदूरपश्चिम ४४ रनको अवस्थामा थियो ।

१० ओभरको प्रगतीका क्रममा लुम्बिनीका कप्तना रोहित पौडेलले ह्याट्रिक लिए । १० ओभरको चौथो बलमा दीपेन्द्र, पाँचौ बलमा दीपक बोहोर र अन्तिम बलमा पुनीत मेहरालाई आउट गर्दै रोहितले ह्याट्रिक हात पारेका हुन् । दीपक र पुनीतले रनको खाता खोल्न सकेनन् ।

रोहितको ह्याट्रिकले सुदूरपश्चिमको ब्याटिङ थप दयनीय बन्यो । १६ ओभरको तेस्रो बलमा ओपनर इशान पाण्डे आठौं विकेटका रुपमा आउट भए । उनले ५१ बलमा सर्वाधिक ३३ रन जोडे । हर्मित सिंह र स्कट कुगेलेइनले समान १०–१० रन जोडे । हेमन्त धामीले अविजीत ७ रन जोडे ।

लुम्बिनीबाट शेर मल्ल, रुबेन ट्रम्पेलम्यान र रोहितले समान ३–३ विकेट लिए । तिलक भण्डारीले १ विकेट लिए । शेरले सुदूरपश्चिमबाट सर्वाधिक रन बनाउने ओपनर इसान पाण्डे र आरिफको महत्त्वपूर्ण विकेट लिए ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ५ : ०२ बजे

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

इलाम– माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै