उपाधि उचाल्न सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सहज लक्ष्य « Khabarhub

उपाधि उचाल्न सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सहज लक्ष्य


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार जारी फाइनलमा उपाधि उचाल्नका लागि सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको सहज लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ राजेको सुदूरपश्चिमले १९ ओभरको पहिलो बलमा सबै विकेट गुमाउँदै ८५ रन बनाएको हो ।

पहिलो ओभरको अन्तिम बलमा ओपनर बिनोद भण्डारी आउट भएपछि सुदूरपश्चिमको ब्याटिङ दबाबमा गएको थियो । उनी २ बल सामना गरेर रनको खाता नखोली रुबेन ट्रम्पेलम्यानको बलिङमा दिनेश अधिकारीमार्फत् आउट भए ।

सुरुवातमै विकेट गएपछि दबाबमा गएको यो टोलीको ब्याटिङले लय समात्न सकेन ।

२ ओभरको तेस्रो बलमा पहिलो विकेट गुमेपछि ब्याटिङमा आएका शेल्डन ज्याक्सन आउट भए । ३ बलमा १ रन जोडेर उनी रुबेनकै बलको शिकार भए ।

आशिफ शेख ६ बलमा समान गरेर ६ रन बनाउँदा शेर मल्लको बलको शिकार भए । आरिफले ३ ओभरको तेस्रो बलमा चौका हान्दै सुदूरपश्चिमलाई पहिलो बाउन्ड्री दिलाए ।

दोस्रो बाउन्ड्रीका लागि सुदूरपश्चिमले ३८ बलको संघर्ष गर्नुपर्‍यो । कप्तान दीपेन्द्रसिंह ऐरीले ९ ओभरको पाँचौ बलमा छक्का हान्दै टिमलाई दोस्रो बाउन्ड्री दिलाए ।

चौथो विकेटका रुपमा १० ओभरको चौथो बलमा आउट भएका दीपेन्द्रले २० बलमा १३ रन जोडे । उनी आउट हुँदा सुदूरपश्चिम ४४ रनको अवस्थामा थियो ।

१० ओभरको प्रगतीका क्रममा लुम्बिनीका कप्तना रोहित पौडेलले ह्याट्रिक लिए । १० ओभरको चौथो बलमा दीपेन्द्र, पाँचौ बलमा दीपक बोहोर र अन्तिम बलमा पुनीत मेहरालाई आउट गर्दै रोहितले ह्याट्रिक हात पारेका हुन् । दीपक र पुनीतले रनको खाता खोल्न सकेनन् ।

रोहितको ह्याट्रिकले सुदूरपश्चिमको ब्याटिङ थप दयनीय बन्यो । १६ ओभरको तेस्रो बलमा ओपनर इशान पाण्डे आठौं विकेटका रुपमा आउट भए । उनले ५१ बलमा सर्वाधिक ३३ रन जोडे । हर्मित सिंह र स्कट कुगेलेइनले समान १०–१० रन जोडे । हेमन्त धामीले अविजीत ७ रन जोडे ।

लुम्बिनीबाट शेर मल्ल, रुबेन ट्रम्पेलम्यान र रोहितले समान ३–३ विकेट लिए । तिलक भण्डारीले १ विकेट लिए । शेरले सुदूरपश्चिमबाट सर्वाधिक रन बनाउने ओपनर इसान पाण्डे र आरिफको महत्त्वपूर्ण विकेट लिए ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ५ : ०२ बजे

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगु सोरु

दूध चुसाई रहेकी आमा, सुत्केरी, वृद्ध बा आमालाई पनि एकै व्यवहार नगरियोस् : रञ्जु दर्शना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले सरकारले सुकुम्वासीप्रति गरेको

मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै काठमाडौं हिँडेका मिटरब्याज पीडित धनुषाको

ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना, अमेरिकामा सुरक्षा सतर्कता बढ्यो

काठमाडौं- इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक