शानदार कमब्याक गर्दै लुम्बिनीले जित्यो एनपीएल-२ को उपाधि « Khabarhub

शानदार कमब्याक गर्दै लुम्बिनीले जित्यो एनपीएल-२ को उपाधि


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा फाइनलमा सुदूरपश्चिम रोयल्स हराउँदै लुम्बिनी लायन्सले उपाधि जितेको छ । लिग चरणको सुरुवातमा कमजोर देखिएको लुम्बिनीले उत्कृष्ट कमब्याक गर्दै उपाधि घर लगेको हो ।

लिग चरणको आफ्नो चौथो खेलसम्म तीन हार खेपेको अवस्थामा रहेको लुम्बिनी सुरुवातमा दबाबमा थियो ।

तर, लिग चरणका पछिल्ला तीनसहित लगातर ६ खेलमा जित निकाल्दै लुम्बिनीले उपाधि जितेको हो । यसलाई लुम्बिनीको उत्कृष्ट कमब्याकको रुपमा हेरिएको छ ।

सुदूरपश्चिमले भने उपविजेतामै चित्त बुझाएको छ । पहिलो सिजनमा पनि यो टोली उपविजेता बनेको थियो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले ८ ओभर ६ बलमा ४ विकेट गुमाउँदै ८६ रन बनाउँदै सहज जित हार पारेको हो ।

जारी सिजनमा कम ओभरमा लक्ष्य पूरा भएको यो पहिलो खेल हो । लिग चरणको खेलमा विराटनगर किङ्सले ११ ओभर ५ बलमा सुदूरपश्चिमले दिएको लक्ष्य पूरा गरेको थियो

लुम्बिनीको जितका लागि ओपनर दिनेश अधिकारीले बिस्फोटक ब्याटिङ गरे । उनले १३ बलमा १ चौका र ५ छक्काको सहयोगमा ४२ रन जोडे ।

कप्तान रोहितले दोस्रो सर्वाधिक १६ रन जोडे । ओपनर डी आर्सी सर्टले १४ रन जोडे । सन्दीप जोरा शून्यमै आउट भए । दिलिप नाथले अविजीत १ रन जोडे ।

ब्याटिङमा खराब प्रदर्शन गरेको सुदूरपश्चिम बलिङमा पनि कमजोर देखियो । कप्तान दीपेन्द्रले २ ओभर बलिङ गर्दा १ विकेट लिदै २९ रन खर्चस

स्कट कुगेलेइजनले २ ओभर गर्दा २२ रन खर्चिए भने विकेटविहीन रहे ।

हर्मित धामीले सर्वाधिक २ विकेट लिए । दीपेन्द्र र अभिनाश बोहोराले समान १-१ विकेट लिए ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ६ : ०१ बजे

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

इलाम– माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै