पुरानै तरिकाको निर्वाचनबाट मात्रै मुलुकले निकास पाउदैन : लेखनाथ दाहाल « Khabarhub

पुरानै तरिकाको निर्वाचनबाट मात्रै मुलुकले निकास पाउदैन : लेखनाथ दाहाल


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता लेखनाथ दाहालले पुरानै तरिकाको निर्वाचनबाट मात्रै मुलुकले निकास नपाउने बताएका छन् । 

रिपोटर्स क्लवले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा दाहालले युवा पुस्ताको माग सम्बोधन नगरी पूरा नै तरिकाको निर्वाचनबाट मात्रै मुलुकले निकास नपाउने बताएका हुन् । 

उनले पुरानो निर्वाचन प्रणाली असफल भइसकेकाले अव सर्वपक्षीय छलफल मार्फत निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिए ।

शासकीय स्वरूपको विषयमा, निर्वाचन प्रणालीको विषयमा जेन-जीहरुको उपस्थितिमा सरोकारवाला निकायहरूको सहभागितामा राष्ट्रिय सहमति कायम गर्नुपर्ने उनले बताए । 

उनले राष्ट्रिय सहमतिका साथ लिखित प्रतिबद्धता राष्ट्रपतिलाई बुझाउनुपर्ने र राष्ट्रपतिले संसद्को आह्वान गर्नुपर्ने जिकिर गरे ।  

संसद्को पहिलो बैठकबाट संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारीको एजेण्डामा जानुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ६ : ३६ बजे

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

काठमाडौं– यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

बसको ठक्करबाट बालिकाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको

राष्ट्रिय झण्डा लुगा बनाइँदा सरकारको कडाइ : चुनावमा दुरुपयोग बढ्यो

काठमाडौं – जेन–जी आन्दोलनका क्रममा संसद् भवनमा आगो लगाउन गएकाको

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता, २८ मतदान केन्द्र

जोमसोम– आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि थासाङ गाउँपालिकास्थित