ईयूद्वारा हङकङ, तिब्बत र सिन्जियाङमा जारी मानव अधिकार उल्लङ्घनका घटनाको निन्दा « Khabarhub

ईयूद्वारा हङकङ, तिब्बत र सिन्जियाङमा जारी मानव अधिकार उल्लङ्घनका घटनाको निन्दा


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोपेली युनियन ईयूले हङकङ, तिब्बत र सिन्जियाङमा भइरहेको मानव अधिकार उल्लङ्घनका घटनाको निन्दा गरेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा जारी गरेको प्रतिवेदनमा हङकङ, तिब्बत र सिन्जियाङमा भइरहेका मानव अधिकार उल्लङ्घनका घटनाको निन्दा गरिएको छ ।

चीनका लागि ईयूको प्रतिनिधिमण्डलले सर्वव्यापी र अखण्ड मानव अधिकार सुनिश्चितताप्रति आफूहरु प्रतिबद्ध रहेको जनाएको छ । ईयूले ब्रसेल्समा भएको ४० औँ ईयू–चीन मानव अधिकार वार्ता र २५ औँ ईयू–चीन सम्मेलनका क्रममा दिगो कूटनीतिक सहकार्य भएपनि चीनमा मानव अधिकारको अवस्था अझै खराब बन्दै गएको उल्लेख गरेको छ ।

चीनमा अभिव्यक्ति स्वतन्त्रतामा संरचनागत कडाइ गरिएको, अल्पसङ्ख्यक समुदायकोे धर्म र संस्कृतिमा प्रहार भइरहेको र अल्पसङख्यक पहिचानको अस्तित्व मै जोखिम रहेको ईयूले जनाएको छ । विभिन्न अन्तर्राष्ट्रिय अभिसन्धि तथा घोषणापत्रमा हस्ताक्षर गरेपनि अन्तर्राष्ट्रिय कानुन पालना गर्न चीन असफल भएको ईयूको आरोप छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ४ : १८ बजे

त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सम्पन्न 

चितवन– त्रिशूली नदीमा आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा

ऊर्जा सुरक्षामा चीनको कडाइ

एजेन्सी– मध्यपूर्वमा चर्किएको युद्धले विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला

ग्लोबल आइएमई बैंकले स्थापना गर्‍यो ‘नन् रेसिडेन्ट र ओभरसिज बैङ्किङ विभाग’

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि

इनिसाको न्यायका लागि बोले कलाकार

काठमाडौं – सुर्खेतमा सामूहिक बलात्कारपछि हत्या भएकी इनिसा विकको न्यायका

साउथ भाइव दिने ‘राम नाम सत्य’को टिजर, पश्चिमेली अवतारमा विराज

काठमाडौं – नायक विराज भट्ट स्टारर फिल्म ‘राम नाम सत्य’को