युद्ध विरामको बाटोमा इजरायल र हमास « Khabarhub

युद्ध विरामको बाटोमा इजरायल र हमास


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

दोहा – दोहामा भएको वार्ता अनुसार पहिलो चरणको युद्ध विराम अन्तरगत ३३ जना बन्दी छाड्न हमास तयार भएको इजरायली अधिकारीले जानकारी दिएका छन्। पहिलो चरणमा ४२ दिन युद्ध विराम हुनेछ। यस बीचमा छाडिने ३३ जना बन्दीमा धेरै जना जीवितै रहेका छन्। मृत्यु भइसकेको बन्दीको शव पनि सँगै दिइने अनुमान गरिएको छ।

६ अक्टोबर २०२३ का दिन हमास र यसका सहयोगीले बन्दी बनाइएका मध्य ९४ जना अझै बाँकी छन्। सो ९४ जना बन्दी मध्य कम्तीमा ३४ जना मारिएको अनुमान गरिएको इजरायली अधिकारीले जनाएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि सोमबार वक्तव्य जारी गर्दै यसलाई समाधान गर्नका लागि परेको बताए। ‘अहिले बन्दी रिहाइ, युद्ध रोक्ने, इजरायलको सुरक्षा तथा हमासले सुरु गरे यता अप्ठेरोमा परेकालाई मानवीय सहयोग लगायत विषयमा वार्ता भइरहेको छ,’ बाइडेनले भने।

बन्दी तथा हराइएकाका परिवारले मंगलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट्ने कार्यक्रम पनि बनाएका छन्। पहिलो चरणमा ३३ जना रिहाइ भए पनि दोस्रो चरणको वाताले युद्धको अन्त्य गर्न सक्ने अनुमान गरिएको छ। युद्ध विरामको १६ औँ दिनमा पुग्दा लगभग यसको टुङ्गो लाग्ने छ।

पहिलो चरणको वार्तामा इजिप्ट गाजा बोर्डरमा रहेको फिलाडेल्फी कोरिडोरको विषयमा पनि छलफल हुनेछ। पछिल्लो पटक सेप्टेम्बरमा भएको वार्तामा पनि कोरिडोरमा इजरायली सेनाको उपस्थितिको विषयमा छलफल भएको थियो।

गाजामा रहेको बफर जोन र यसको भूगोलको विषयमा पनि छलफल हुने जनाइएको छ। हमासले बफर जोन सीमाबाट तीन सयदेखि पाँच सय मिटरसम्म हुनुपर्ने जनाएको छ। इजरायलले भने दुई हजार हजार मिटर चाहेको छ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ५ : ४६ बजे

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ ।

चिसोका कारण सडक स्तरोन्नतिको काम स्थगित

म्याग्दी– चिसो र प्रतिकुल मौसमका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा