जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत « Khabarhub

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ । जिल्लाभरका सात पालिकामा १८ जना कुष्ठरोगी फेला पारेर उपचार कार्य सुरु गरिएको जाजरकोट स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत रमेश कार्कीले जानकारी दिए । 

नलगाड नगरपालिकामा छ जना, छेडागाड नगरपालिकामा पाँच जना, जुनिचाँदे गाउँपालिकामा–३ जना तथा भेरी र बारेकोट गाउँपालिकामा दुई-दुई जना बिरामी रहेका छन् । 

कुष्ठरोगसँग जोडिएको सामाजिक लाञ्छना र भेदभाव कम गर्दै रोगको शीघ्र पहिचान, उपचार र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतको आयोजनामा तथा स्वास्थ्य सेवा कार्यालय जाजरकोटको समन्वयमा जिल्लाका सम्पूर्ण स्थानीय तहमा कुष्ठरोग ‘केस भेरिफिकेशन’ कार्यक्रम पुस १७ देखि २२ गतेसम्म सञ्चालन भएको थियो । 

उक्त खोजबाट १८ जना बिरामीहरू फेला परेका छन् । पहिला दर्ता भएका कुष्ठरोगका बिरामीहरूको पुनः परीक्षण, उपचारको निरन्तरता, औषधि सेवनको अवस्था तथा अपाङ्गता रोकथामसम्बन्धी अवस्थाको मूल्यांकनसमेत गरिएको कार्कीले जानकारी दिए । विज्ञसहितको टोलीद्वारा जाँच गरेर कुष्ठरोगी पत्ता लगाएको थियो । 

स्वास्थ्य सेवा कार्यालय, जनस्वास्थ्य तथा परिवार कल्याण शाखा प्रमुख जनस्वास्थ्य अधिकृत रमेश कार्कीले भने, ‘कुष्ठरोग इतिहासकै पुरानो रोग भए पनि यसप्रति रहेको सामाजिक लाञ्छाना र अन्धविश्वासका कारण अझै पनि केही बिरामी लुकेर बसेको हुनसक्ने सम्भावना रहेको छ । नियमित रूपमा औषधि सेवन गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुने र अपाङ्गताबाट बच्न सकिन्छ । साथै औषधिको एकमात्र ‘डोज’ सेवन गरेपछि पनि रोग अन्य व्यक्तिमा सर्ने सम्भावना अत्यन्त न्यून रहन्छ ।’
 

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  २ : ०० बजे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु