देशकै धेरै तरुल फल्ने बराहक्षेत्रका किसानको आम्दानी यो वर्ष आधाले घट्यो | Khabarhub Khabarhub

देशकै धेरै तरुल फल्ने बराहक्षेत्रका किसानको आम्दानी यो वर्ष आधाले घट्यो


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

सुनसरी– बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर, राजाबास र चक्रघट्टीमा यो वर्ष तरुलको उत्पादन घटेको छ । गतवर्षको तुलनामा ५० प्रतिशत कम तरुल उत्पादन भएको स्थानीय कृषक र व्यापारीहरुले बताएका छन् ।

उनीहरूका अनुसार तरुल रोपेलगत्तै अधिक झरीबर्षा हुँदा र खुम्लेकिरा लागेका कारण यो कम उत्पादन भएको हो । बराहक्षेत्र नगरपालिकाका वडा–६ देखि वडा ११ सम्म स्थानीय कृषकले एक दशकदेखि व्यवसायिक तरुल खेती गर्दै आएका छन् । नेपालमै सबैभन्दा बढी तरुल बराहक्षेत्रमा उत्पादन हुने गरेको छ ।

कोशीको पूर्वी किनारमा रहे पनि सिँचाइ नहुँदा उक्त जमिनमा धान र अन्य फलफू खेती हुँदैन । कृषकले तरकारी खेतीसमेत नगरी आर्थिक उपार्जनका लागि तरुल खेती गर्दै आएका छन् ।

माघे संक्रान्तिलाई लक्षित गरेर तरुल खेती हुने गरेको छ । तर, यो वर्ष उत्पादन घट्दा आर्थिक घाटा परेको कृषक कृष्ण खड्काले बताए । बराहक्षेत्र–८ चत्रघट्टी महेन्द्रनगरका खड्काले खवरहबसँग भने, ‘मैले यो वर्ष १२ कट्ठामा तरुलको व्यवसायिक खेती गरेको थिएँ । तर यो एक लाख ६० हजार रुपैयाँको मात्रै उत्पादन भयो ।’

उनले तरुल खेती गरेको जमिनमा धान रोपे पनि ४० हजार रुपैयाँको उत्पादन हुन्थ्यो । अरु फलफूल र तरकारी खेती गर्दा पनि त्यति आम्दानी हुन सक्दैन थियो । नदी किनारनजिक भए पनि सिँचाइ नुहँदा स्थानीय बासिन्दाले तरुल खेती रोजेको उनले बताए ।

तरुल खेतीअघि उक्त क्षेका बासिन्दाले आकाशे पानीको भरमा खेती गर्थे । बराहक्षेत्रको राजाबास, प्रकाशपुर र चक्रघट्टीमा तरुल खेती सबैभन्दा पहिले भक्त सापकोटाले सुरु गरेका थिए । उनकै सिको गर्दै अन्य बासिन्दाले पनि तरुल खेती सुरु गरेको खड्काले बताए ।

बराहक्षेत्रको राजाबास, चक्रघट्टी र प्रकाशपुरमा माघे सक्रान्ति आउनु तीन साताअघि नै काठमाडौं, पोखरा, वीरगञ्ज, जनकपुर, बुटवल, धरान, इटहरीलगायतका तरुल व्यापारी ट्रक लिएर पुग्ने गरेका छन् ।

खड्का जस्तै तरुलको व्यवसायिक खेती गर्नेहरू गाउँभरी छन् । अनुमानित तथ्याङ्कअनुसार उनीहरुले थोक मूल्यमा वार्षिक करिब दुई करोड रुपैयाँको तरुल उत्पादन गरेर अन्यत्र निकासी गर्ने गरेका छन् । यो वर्ष तरुल थोक मूल्यमा प्रतिकिलो ४० रुपैयाँदेखि ४५ रुपैयाँसम्म पुगेको छ । बराहक्षेत्रका कृषकले उत्पादन गरेको तरुल धरान, इटहरी हुँदै काठमाडौं र पोखरा पुग्दा दोब्ब मूल्य हुने गरेको छ ।

व्यवसायिक भएका किसानले तरुल मात्रै नबेचेर तरुलको लहरा र जरामा फल्ने साना बीउसमेत बेचेर कमाई गर्न थालेका छन् । गाउँमा प्रतिकिलो एक सय रुपैयाँदेखि दुई सय रुपैयाँका दरले बीउ बिक्री हुने गरेको छ ।

गाउमा पछिल्लो समय एक कठ्ठादेखि १५ कठासम्म तरुल खेती गर्ने कृषक छन् । अरु अन्नबाली जस्तो धेरै स्याहार गर्न नपर्ने भएकाले तरुल खेती गर्नेमध्ये अधिकांशले ५० हजार रुपैयाँदेखि दुई–अढाई लाख रुपैयाँ कमाएका छन् । कम आम्दानी गर्नेले पनि घरनजिकैको करेसाबारीमा एक दुई बोट रोपेर २० हजारदेखि ३० हजार रुपैयाँसम्मको आम्दानी गर्दै आएका छन् ।

बराहक्षेत्र–९ राजाबासका स्थानीय तरुल व्यापारी सुरेश साहका अनुसार यो पर्ष राजाबास र प्रकाशपुरबाट मात्र करिब ५० लाख रुपैयाँको मात्रै उत्पादन भयो ।

एक करोड रुपैयाँको तरुल उत्पादन हुने अनुमान थियो । ‘मैले मात्रै करिब १० टनजतिको कारोबार गरेँ । तरुलको माग अत्यधिक भए पनि उत्पादन भएन’, उनले भने । उनीजस्ता तरुल व्यापारी बराहक्षेत्रमा ८ जनाा छन् ।

राजाबासका तरुल कृषकहरु मोहन नेपाली, राजन नेपाली, कुलबहादुर राय, कर्णबहादुर विष्ट, टेकबहादुर विष्ट, देविका राय, चक्रबहादुर राय लगायतले पाँच कट्ठादेखि १५ कट्ठासमम तरुलको व्यवसायिक खेती गर्दै आएका छन् ।

किसानहरूका अनुसार तरुल रोपेपछि एक वर्षमा मात्रै उत्पादन हुन्छ । चिस्यान पनि नचाहिने र अन्य खेती जस्तो गोडमेल गर्नु नपर्ने भएकोले पछिल्लो समय किसानहरु तरुल खेतीलाई व्यवसायिक बनाउन लागेका छन् । उनीहरूले तरुलमा लाग्ने खुम्ले किरा नियन्त्रण गर्न नसकेको गुनासो गरे ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ९ : ३३ बजे

आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन

झापा– झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ

नेतान्याहुले युद्ध विराम भंग गर्न चाहेको हमासको आरोप

इजरायल – हमासका अधिकारीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध विराम

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

च्याम्पियन्स ट्रफी : न्युजिल्यान्ड र भारत सेमिफाइनलमा

रावलपिण्डी – न्युजिल्यान्ड र भारत च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा प्रवेश

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल