‘सबै समुदायका परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्छ’ « Khabarhub

‘सबै समुदायका परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्छ’


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै जाति तथा समुदायको संस्कृतिले समग्र नेपालीलाई सांस्कृतिक रूपमा एकताबद्व बनाउन सहयोग पुर्याएको बताएका छन् ।

माघे सङ्क्रान्ति एवं माघी पर्वको शुभकामना सन्देशमा उनले फरक जातजाति, भाषाभाषी मिलेर बनेको मुलुकमा विविधतामा एकता हुनु जरुरी रहेको बताए ।

अध्यक्ष नेपालले थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाएर नयाँ आर्थिक कारोबार सुरु गर्ने जनाउँदै मगर समुदायलगायतले माघे सङ्क्रान्तिका रूपमा पवित्र नदीमा स्नान गरी मन्दिरमा पूजाअर्चना गर्ने परम्परा रहिआएको मौलिक संस्कृतिको संरक्षणबाट नेपाल विश्वमा नै विविधतामा एकता भएको देशका रूपमा परिचित रहेको विचार व्यक्त गरेका छन् ।

देश–विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य, दीर्घायु तथा सुख शान्तिको कामना गर्दै उनले शुभकामना सन्देशमा देशमा सबै जातजाति वेशभूषाको पहिचानलाई राज्यले समानता प्रदान गर्नुपर्ने उल्लेख गरेका छन् ।

अध्यक्ष नेपालले लड्डु, घ्यू, चाकु, तरुल तथा खिचडीलगायत परिकार खाई परिवारसँग रमाइलो गर्ने प्रचलन रहेको यस पर्वले सबै समुदायमा उमङ्ग र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे । अध्यक्ष नेपालले सन्देशमा राज्यले विविधताको संरक्षण गरी सबै समुदायका परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिँदै समुदायका ऐतिहासिक सम्पदा संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १० : १६ बजे

चिसोका कारण सडक स्तरोन्नतिको काम स्थगित

म्याग्दी– चिसो र प्रतिकुल मौसमका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा

जेन–जी आन्दोलनले उठाएका मुद्दा सम्बोधनका लागि गगन थापाले मागे सुझाव

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनले उठाएका राष्ट्रिय

ओलीको निष्कर्ष : एघारौँ महाधिवेशनले एमालेलाई झन् बलियो शक्तिका रूपमा उभ्यायो 

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक

कफी उत्पादक किसानलाई ‘व्यावसायिक कफीखेती प्रविधि तालिम’

धुलिखेल–  काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाका कफीखेती गर्दै आएका किसानहरूलाई ‘व्यावसायिक

लहान यातायात व्यवस्था कार्यालयबाट भोलि पनि सेवा प्रवाह हुने

लहान– यातायात व्यवस्था कार्यालय लहानले पृथ्वी जयन्तीका दिन पनि सम्पूर्ण