कक्फेक्वा तङ्नाम मनाउँदै लिम्बू समुदाय « Khabarhub

कक्फेक्वा तङ्नाम मनाउँदै लिम्बू समुदाय


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– लिम्बू समुदायले आज परम्परागत चाड कक्फेक्वा तङ्नाम मनाइरहेका छन् । माघे सङ्क्रान्तिलाई लिम्बू समुदायले कक्फेक्वा तङनामका रूपमा परम्परागत संस्कारअनुसार विशेष महत्वका साथ मनाउने गर्छन् ।  

लिम्बू भाषामा ‘कक्’ को अर्थ चाप ‘फेक्वा’ फुल्नु र ‘तङ्नाम’ को अर्थ पर्व हो । आजदेखि लिम्बू समुदायको नयाँ वर्ष सुरु हुने गर्छ । यस वर्षबाट येले तङ्बे (दोङ) ५०८५ प्रारम्भ भएको लिम्बूहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङलिवाले बताए।  

राई, लिम्बू, याक्खा, सुनवारलगायत समुदायले विशेषगरी मनाउने यो चाडमा वन तरुल, घर तरुल, सक्खरखण्डजस्ता परिकार खाने प्रचलन छ । याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष इन्दिरा मेन्याङ्बोका अनुसार यो चाडको मुन्धुमसँग सम्बन्ध छ । किंवदन्तीअनुसार, अन्नबाली नहुँदा वन तरुल सेवन गरी जीवन बचाएको विश्वासमा यो पर्व मनाउने गरिन्छ ।  

बिहान स्नान गरेर वन तरुलको टीका लगाउने परम्पराबाट चाडको शुभारम्भ हुन्छ । यस अवसरमा समुदायले आफ्ना सांस्कृतिक परम्परालाई पुनर्जीवित गर्दै सामूहिक रूपमा चाड मनाउने गर्छन् । कक्फेक्वा तङ्नाम  लिम्बू समुदायको सांस्कृतिक पहिचान हो । राई, लिम्बू, याक्खा, सुनवारजस्ता किरात समुदायले यो चाडलाई आफ्नो संस्कृतिसँग जोडेर विशेष रूपमा मनाउँछन् । 

मेन्याङ्बोका अनुसार कक्फेक्वा तङ्नाम लिम्बू समुदायका लागि एकता, परम्परा, र पहिचानलाई जीवन्त राख्ने पर्व हो । प्राकृतिक र सांस्कृतिक महत्व बोकेको यस पर्वले भावी पुस्तामा पनि परम्परा र संस्कृतिलाई हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिन्छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १२ : ५२ बजे

अर्थसंक्षेप : बजारले पत्याएन बालेन सरकारलाई, वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात र भवनको अलपत्र छाडेपछि निर्माण कम्पनीलाई सवा करोड जरिवाना

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था

अमेरिकी दूतावास र परराष्ट्रमन्त्रीलाई मेन्सन गरेर पाकिस्तानी पृथकतावादी समूहले बालेनलाई दियो बधाई

काठमाडौं- बलुचिस्तान गणतन्त्र नामक पाकिस्तानको विवादास्पद पृथकतावादी समूहले प्रधानमन्त्री नियुक्त

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट