कक्फेक्वा तङ्नाम मनाउँदै लिम्बू समुदाय « Khabarhub

कक्फेक्वा तङ्नाम मनाउँदै लिम्बू समुदाय


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– लिम्बू समुदायले आज परम्परागत चाड कक्फेक्वा तङ्नाम मनाइरहेका छन् । माघे सङ्क्रान्तिलाई लिम्बू समुदायले कक्फेक्वा तङनामका रूपमा परम्परागत संस्कारअनुसार विशेष महत्वका साथ मनाउने गर्छन् ।  

लिम्बू भाषामा ‘कक्’ को अर्थ चाप ‘फेक्वा’ फुल्नु र ‘तङ्नाम’ को अर्थ पर्व हो । आजदेखि लिम्बू समुदायको नयाँ वर्ष सुरु हुने गर्छ । यस वर्षबाट येले तङ्बे (दोङ) ५०८५ प्रारम्भ भएको लिम्बूहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङलिवाले बताए।  

राई, लिम्बू, याक्खा, सुनवारलगायत समुदायले विशेषगरी मनाउने यो चाडमा वन तरुल, घर तरुल, सक्खरखण्डजस्ता परिकार खाने प्रचलन छ । याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष इन्दिरा मेन्याङ्बोका अनुसार यो चाडको मुन्धुमसँग सम्बन्ध छ । किंवदन्तीअनुसार, अन्नबाली नहुँदा वन तरुल सेवन गरी जीवन बचाएको विश्वासमा यो पर्व मनाउने गरिन्छ ।  

बिहान स्नान गरेर वन तरुलको टीका लगाउने परम्पराबाट चाडको शुभारम्भ हुन्छ । यस अवसरमा समुदायले आफ्ना सांस्कृतिक परम्परालाई पुनर्जीवित गर्दै सामूहिक रूपमा चाड मनाउने गर्छन् । कक्फेक्वा तङ्नाम  लिम्बू समुदायको सांस्कृतिक पहिचान हो । राई, लिम्बू, याक्खा, सुनवारजस्ता किरात समुदायले यो चाडलाई आफ्नो संस्कृतिसँग जोडेर विशेष रूपमा मनाउँछन् । 

मेन्याङ्बोका अनुसार कक्फेक्वा तङ्नाम लिम्बू समुदायका लागि एकता, परम्परा, र पहिचानलाई जीवन्त राख्ने पर्व हो । प्राकृतिक र सांस्कृतिक महत्व बोकेको यस पर्वले भावी पुस्तामा पनि परम्परा र संस्कृतिलाई हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिन्छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १२ : ५२ बजे

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ ।

चिसोका कारण सडक स्तरोन्नतिको काम स्थगित

म्याग्दी– चिसो र प्रतिकुल मौसमका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा

जेन–जी आन्दोलनले उठाएका मुद्दा सम्बोधनका लागि गगन थापाले मागे सुझाव

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनले उठाएका राष्ट्रिय

ओलीको निष्कर्ष : एघारौँ महाधिवेशनले एमालेलाई झन् बलियो शक्तिका रूपमा उभ्यायो 

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक

कफी उत्पादक किसानलाई ‘व्यावसायिक कफीखेती प्रविधि तालिम’

धुलिखेल–  काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाका कफीखेती गर्दै आएका किसानहरूलाई ‘व्यावसायिक