मकर संक्रान्तिको अवसरमा खिचडी भोज | Khabarhub Khabarhub

 मकर संक्रान्तिको अवसरमा खिचडी भोज


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मकर संक्रान्तिको अवसरमा आज जनकपुरधामका युवाहरूले खिचडी भोजको आयोजना गरेका छन् । 

संस्कृति जोगाउने उद्देश्यका साथ यहाँका स्थानीय युवाहरूले जनकपुरधामको जानकी चोकस्थित अंगराज सरको डिलमा खिचडी भोजको आयोजना गरेका हुन् । अंगराज सरको डिलमा विगत १ दशकभन्दा बढी समयदेखि खिचडी भोजको आयोजन हुँदै आएको छ । 

मिथिला संस्कृति तथा सनातन धर्म अन्तर्गतको संस्कृतिलाई संरक्षण गर्ने अभिप्रायले खिचडी भोजको आयोजना गर्दै आएको युवा अभियन्ता सुशील कर्णले बताए । उनले भाइचारा र संस्कृतिलाई जोगाउनका लागि समेत यो भोजको आयोजन हुँदै आएको जिकिर गरे ।

खिचडी भोज मिथिला संस्कृतिमा सम्बन्ध विस्तारको अटुट माध्यम रहेकोले आफूहरूले प्रत्येक वर्ष यो भोजको आयोजना गर्दै आएको उनले बताए । स्थानीय जानकी चोकका दुई दर्जन युवाहरूको समन्वयमा खिचडी भोजको आयोजना गरिँदै आएको कर्णले जानकारी दिए ।

भोजमा सहभागीहरूलाई खिचडी, पापड, अचार, दही, तील लगायतको परिकार खुवाइएको थियो । भोजमा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यापारी, स्थानीयवासी, सञ्चारकर्मी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ३ : १८ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास