प्रधानमन्त्री कप क्रिकेट : एपीएफको शानदार सुरुवात « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : एपीएफको शानदार सुरुवात


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल एपीएफ क्लबले शानदार सुरुवात गरेको छ । नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सानदार सुरुआत गरेको हो ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशविरुद्ध १११ रनको फराकिलो जित दर्ता गरेर शानदार सुरुवात गरेको हो ।

एपीएफले प्रस्तुत गरेको ८३ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै ७१ रन मात्रै बनाउन सके पछि एपीएफको पहिलो विजय यात्रा सुरु भएको हो ।

एपिएफका लागि करुणा भण्डारीले तीन तथा रेखा रावल, सुमन विष्ट र बिनु बुढाले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै १८२ रनको योगफल तयार पारेको थियो ।  एपिएफका लागि ममता चौधरीले ६६ बलमा १० चौकाको मद्दतले अविजित ७८ रनको योगदान गरिन् ।

यसैगरी कप्तान इन्दु बर्माले ३४ बलमा सात चौकाको मद्दतले अविजित ५२ र राजमति ऐरीले २२ रन बनाएकी थिइन् भने ममताले दोस्रो विकेटका लागि इन्दुसँग १२४ र पहिलो विकेटका लागि राजमतिसँग ५८ रनको साझेदारी गरिन् । कर्णालीका लागि एक मात्र विकेट दिक्षा पुरीले लिइन् ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ६ : २४ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि