पाँच दीपङ्कर बुद्धलाई नगर परिक्रमा गराएर सम्यक दान « Khabarhub

पाँच दीपङ्कर बुद्धलाई नगर परिक्रमा गराएर सम्यक दान


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुर नगरपालिका–१ स्थित जयकीर्ति महाविहार (ययुबही) परिसर भूइख्यमा बौद्ध परम्परा अनुसार आज दिनभर बौद्ध धमावलम्बीले सम्यक दान पर्व मनाएका छन् ।

वौद्ध धर्मावलम्बीले ३५० वर्ष अघि अर्थात् नेपाल सम्बत् ७८७ भन्दा अघिदेखि प्रत्येक वर्ष माघ १ गते मनाउँदै आएको दानमध्येको महादान ‘सम्यक दान पर्व’ आज भव्यरुपमा मनाइएको हो ।

सम्यक महादान व्यवस्थापन सहयोग समितिले आयोजना गरेको सो पर्वमा पाँच दीपङ्कर बुद्धका मूर्तिलाई आ–आफ्नो महाविहारबाट विधिपूर्वक निकालेर दत्तात्रय, सुकुलढोका, दरबारस्क्वायर, दूधपाटी हुँदै जयकीर्ति बिहार पुर्‍याइएको थियो ।

पाँच दिपङ्करलाई स्थानीय थथुवहिमा विराजमान गराइ बुद्ध ज्ञान प्राप्त शाक्य र बज्राचार्यका करिब दुई हजार भिक्षुलाई प्रसाद, चामललगायत परिकार दान दिएर पर्व मनाइएको समितिका अध्यक्ष गणेश बज्राचार्यले जानकारी दिए ।

समितिले आजै पर्वका अवसरमा सोही स्थानमा आयोजना गरेको कार्यक्रममा ‘ख्वपया सम्यक महादान’ पुस्तक भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सार्वजनिक गरे । कार्यक्रममा नगर प्रमुख प्रजापतिले ऐतिहासिक एवं धार्मिक महत्व बोकेको यो पर्वको संरक्षण गर्नुपर्ने बताए ।

भक्तपुर दरबार क्षेत्रसँगै रहेको प्रसिद्ध चतुब्र्रम्ह महाविहारका सङ्घ सदस्य जयरत्न बज्राचार्यले नेपाल सम्वत् ७८७ मा आफ्ना दिवङ्गत पिता जयदेव बज्राचार्यको नाममा दीपङ्कर बुद्धलगायत विभिन्न विहारका सङ्घ सदस्यलाई निमन्त्रणा गरेर सम्यक भोजनदान गरी यसपर्वको स्थापना गरेको शिलापत्रमा उल्लेख रहेको उनले बताए ।

जयरत्न बज्राचार्यबाटै नेपाल सम्बत् ७९४ मा जीर्ण रहेको जयकीर्ति महाविहारको जीर्णोद्वार गरी सोही वर्ष राजा जय जितामित्र मल्लको उपस्थितिमा सम्यक महादान पर्व सुरु भएको इतिहास उल्लेख छ ।

दीपङ्कर बुद्धलाई अनुशरण गर्दै काठमाडौँमा प्रत्येक १२ वर्षमा एक पटक, ललितपुरमा प्रत्येक पाँच वर्षमा एक पटक र भक्तपुरमा प्रत्येक वर्ष माघ १ गते सङ्क्रान्तिका दिन सम्यक महादान पर्व मनाइँदै आइएको छ ।

सम्यक महादान पर्वमा विभिन्न परिकारमध्ये अन्तबाट बनेको परिकार, सागसब्जीका परिकार, मिठाइका परिकार, फलफूलका परिकार बनाएपछि त्यसलाई चढाएर दान गर्ने परम्परा छ । मूल दिपङ्कर, बाहाछे दिपङ्कर, भौरबही दिपङ्कर, ययुबही दिपङ्कर र कुथुबही दिपङ्करलाई नगर परिक्रमा गराई दान ग्रहण एवं पूजासमेत ग्रहण गरिएको थियो ।

यसैगरि क्रमवद्ध रुपमा विराजमान गराइएका चार सम्यक द्यो (सुवर्ण दिपङ्करको मूर्ति), सुवर्ण चैत्य, स्थवीर आजु, मूल गुरुजु, गुरुजू र लामबद्ध भएर बसेका सयौँ बज्राचार्य, बुद्धाचार्य र शाक्य परिवारका सदस्यलाई परम्परा अनुसार सम्यक दान दिइएको थियो । रासस

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ९ : १४ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर