रोकिए शेयर लगानीकर्ता, राष्ट्र बैंक र गभर्नरतिर नजर ! | Khabarhub Khabarhub

पुँजीबजार

रोकिए शेयर लगानीकर्ता, राष्ट्र बैंक र गभर्नरतिर नजर !

सातामा २१ अङ्कले नेप्से घट्दा ३९ अर्बको कारोबार


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शेयर लगानीकर्ताको मुखमा अहिलेहाल झुडिएको शब्द हो : चालु आर्थिक वर्षको मौद्रिक नीतिको आगामी अर्धवार्षिक समीक्षा र गभर्नरको बहिर्गमन ! देशभरका शेयर लगानीकर्ताको ध्यान यतिखेर पूरापूर मौद्रिक नीति समीक्षामा केन्द्रित छ ।

अघिल्लो साता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ‘बहिर्गमन’ को बहानामा उचालिएर थेचारिएको शेयर बजार यो साता भने अन्योलमा देखियो ।

गभर्नर अधिकारीको कार्यकाल आगामी चैत २५ गते सकिँदैछ । त्यसयता अधिकारीले मौद्रिक नीतिको एउटा समीक्षा गर्ने पाउँछन् । अधिकारीले फागुन १५ सम्म मौद्रिक नीतिको नयाँ समीक्षा गर्नु नियमसम्मत हुन्छ ।

सम्भवतः आगामी हप्ताभित्रै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आउनेछ । गत वर्ष केन्द्रीय बैंकले माघ २९ गते नै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको थियो ।

मौद्रिक नीति समीक्षा नजिकिँदा शेयर लगानीकर्ताले आफ्ना माग सम्बोधन हुने आशा गरेजस्तो देखिन्छ । आफ्ना माग सम्बोधन नहुने हो कि भन्ने त्रास पनि उनीहरूमा उत्तिकै छ ।

यस्तो आश र त्रास यो साता शेयरबजारमै झल्कियो । फागुन २७ देखि माघ १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) समग्रमा २१.३४ अङ्कले घट्यो । अघिल्लो साताको बिहीबार २६९९.८१ बिन्दुमा रहेको नेप्से यो साताको बिहीबार २६७८.४७ बिन्दुमा झर्‍यो ।

सातामा पाँच दिन शेयर कारोबार हुँदा दुई दिन बजार बढ्यो भने तीन दिन बजार घट्यो । साताभर कुल २१ अङ्कले नेप्से घट्दा औषतमा ४.२६८ अङ्कको गिरावट आयो । यसो हुनुलाई लगानीकर्ताले बजारमा ‘पर्ख र हेर’को अवस्था भन्ने गरेका छन् ।

साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजङ्ग जिसी नेप्सेको गिरावटमा मौद्रिक नीति समीक्षाप्रति आश र त्रास दुबै कारणले काम गरेको बताउँछन् ।

‘केही समयअघि गभर्नरको बहिर्गमनसँगै दोस्रो मौद्रिक नीति समीक्षामा सुधार गरी आउनसक्ने भन्ने कुराहरू नै थिए’, जिसीले भने, ‘तर लगानीकर्तामा त्यो कुरा पनि आकलनमात्रै हो कि भन्ने देखियो ।’

गभर्नर अधिकारीले विगतमा देखाएको रुझानका कारण मौद्रिक नीति समीक्षाप्रति लगानीकर्ता विश्वस्त हुन नसकेको जिसी बताउँछन् । ‘पछिल्लो समय गभर्नरको पुनर्बहाली हुने हल्ला पनि चलिरहेको छ’, जिसीले थपे, ‘त्यसकारण आम लगानीकर्तामा अन्योलयुक्त स्थिति देखिएको छ ।’

‘पर्ख र हेर’को अवस्थामा रहेका लगानीकर्ताले शेयरमा नयाँ लगानी नगरिरहेको जिसीको भनाइ छ । ‘लगानी गरेकाले पनि बेचेर बसेको र पुनः लगानी गर्न पनि डराएजस्तो देखिन्छ’, जिसीले भने, ‘अनुकूल वातावरण नभएकाले लगानी गर्न चाहेकाहरू पनि बजारमा छिरेका छैनन् ।’

शेयर लगानीकर्ता संघका अध्यक्ष ताराप्रसाद फुलेल लगानीकर्ता लामो समयदेखि राष्ट्र बैंकका गभर्नरले ल्याएको मौद्रिक नीतिका कारण मारमा परेको बताउँछन् । ‘गभर्नरलाई लगानीकर्ताले उधारोमा नपत्याएका हुन्’, फुलेलले भने, ‘उहाँले धेरैपटक धोका दिनुभएको छ, लगानीकर्ताले गभर्नरलाई बुझेका कारण विश्वास गर्न सकिएको छैन ।’

अन्य कुरा सबै सकारामक हुँदा पनि मौद्रिक नीतिको समीक्षा कस्तो आउँछ भन्ने कुराले गर्दा लगानीकर्ता अन्योलमा रहेको फुलेलको भनाइ छ । ‘केही नहुने भएसम्म लगानीकर्ताले खासै आश गर्न सक्दैनन्’, उनले थपे, ‘बजारले मौद्रिक नीतिको दोस्र्रो समीक्षा पर्खिएको अवस्था छ ।’

अन्तिम मौद्रिक नीति समीक्षा भएकाले अधिकारीले पुँजीबजार अनुकूल निर्णय गर्न सक्ने आश पनि लगानीकर्ताले राखेका छन् । त्यसैले आफूसँग भएको शेयर बेच्न र नयाँ शेयर किन्न लगानीकर्ता रोकिइरहेका छन् ।

‘उहाँको नियत राम्रो नभएकाले जाँदाजाँदै पनि राम्रो गर्नुहुन्छ भनी पूर्णरूपमा आश गर्न सकिन्न’, फुलेलले थपे, ‘तर, बहिर्गमनसँगै बजारमा सकारात्मक सञ्चार प्रवाह हुन्छ भन्ने अपेक्षा छ ।’

गभर्नरको बहिर्गमनलाई हेरेर बजारमा कारोबार आकारले साथ दिइरहेको फुलेल बताउँछन् । ‘सातामा भएको कारोबार हेर्ने हो भने केही आशा गर्न सकिने ठाउँ चाहिँ छ, बजारमा अन्य कुराहरू त सबै सकारात्मक नै छ’, उनले भने ।

सातामा ३९ अर्बको शेयर कारोबार

यो साता नेपालको शेयर बजारमा कारोबारमा पनि गिरावट आएको छ । अघिल्लो साता ५१ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुँदा यो साताभर ३९ अर्ब २४ करोड ४३ लाख २२ हजार रुपैयाँमा खुम्चिएको हो ।

यो साता दैनिक औषतमा सात अर्ब ८४ करोड ८८ लाख ६४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

पाँच कारोबार दिन अवधिमा सात करोड ५६ लाख ६३ हजार ३४४ कित्ता शेयर किनबेच भयो । दैनिक औषत एक करोड ५१ लाख ३२ हजार ६६९ कित्ता कारोबार भएको हो ।

सातामा तीन लाख ९२ हजार ९२३ पटक शेयर किनबेच हुँदा दैनिक औषतमा ७८ हजार ५८४ पटक शेयर किनबेच भएको छ ।

कुन दिन कस्तो रह्यो बजार ?

यो साताको पहिलो कारोबार दिन आइतबार नेप्से गिरावटले निरन्तरता पायो किनकी अघिल्लो साताको मङ्गलबारदेखि नै नेप्से घट्न थालेको थियो ।

आइतबार नेप्से ११.४९ अङ्कले घटेर २६८८.३१ बिन्दुमा पुगेको थियो । उक्त दिन ०.४२ प्रतिशतले घट्दा नेप्से उच्चतम २७२५.९५ र न्यूनतम २६८३.२८ बिन्दुमा पुग्यो । आइतबार नेप्सेमा ४२ अङ्कको उतारचढाव भएको थियो ।

नेप्से देख्दा कारोबारमा पनि गिरावट आएको थियो । उक्त दिन ३०५ वटा कम्पनीको शेयर कारोबारमा आउँदा आठ अर्ब ३९ करोड ८६ लाख ६० हजार रुपैयाँ बराबरको एक करोड ५८ लाख ५५ हजार ६१० कित्ता शेयर ८४ हजार २८० पटक किनबेच भयो ।

साताको दोस्रो दिन सोमबार पनि शेयर बजार राताम्मे नै भएको थियो । सोमबार नेप्से १०.९८ अङ्कले घटेर २६७७.३२ बिन्दुमा आयो । उक्त दिन नेप्से ०.४० प्रतिशतले घट््दा बजारमा ३५ अङ्कको उतारचढाव देखियो ।

सोमबार बजार घट्दा नेप्से उच्चतम २६९९.७९ बिन्दु र न्यूनतम २६६५.७२ बिन्दुसम्म पुगेको थियो । बजार घट्ने क्रम जारी रहँदा कारोबारमा पनि गिरावट आएको थियो ।

सोमबार ३२२ वटा कम्पनीको शेयर कारोबारमा आउँदा ६ अर्ब ९६ करोड दुई लाख ९२ हजार रुपैयाँ बराबरको एक करोड ४४ लाख ४३ हजार ७६५ कित्ता शेयर ७४ हजार ८६४ पटक किनबेच भएको थियो ।

सातामा दुई दिन निरन्तर राताम्मे भएको शेयर बजार तेस्रो दिन भने हरियो देखियो । मङ्गलबार नेप्सेमा केही अङ्कको सुधार देखियो । उक्त दिन नेप्से ६.५४ अङ्कले बढेर २६८३.८६ बिन्दुमा पुग्यो ।

उक्त दिन नेप्से ०.२४ प्रतिशतले बढ्दा उच्चतम २६९१.९१ बिन्दु र न्यूनतम २६७३ बिन्दुमा पुग्यो, दिनभर १८ अङ्कको मात्र उतारचढाव देखियो ।

बुधबार पनि नेप्से बढ्ने क्रम जारी नै देखियो । उक्त दिन नेप्से १.८६ अङ्कले बढेर २६८५.७३ बिन्दुमा पुग्यो । बुधबार नेप्से ०.०६ अङ्कले बढ्दा परिसूचक उच्चतम २६९७.४१ बिन्दु र नयूनतम २६७९.७८ बिन्दुमा पुग्यो, बजारमा १० अङ्कको उतारचढाव देखियो ।

बुधबार ३०७ वटा कम्पनीको शेयर कारोबारमा आउँदा आठ अर्ब ७१ करोड ७८ लाख ४६ हजार रुपैयाँ बराबरको एक करोड ५५ लाख २० हजार ५५९ कित्ता शेयर ८२ हजार ८५० पटक किनबेच भयो ।

साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयरबजार पनि घटेरै बन्द भयो । ७.२६ अङ्कले घटेर २६७८.४७ बिन्दुमा पुगेको नेप्से ०.२७ प्रतिशतले घट्दा परिसूचक उच्चतम २६९७.३४ बिन्दु र न्युनतम २६७३.८८ बिन्दुमा पुग्यो । परिसूचक हेर्दा साताको अन्तिम दिन बजारमा २४ अङ्कको उतारचढाव देखियो ।

बजार घटेसँगै बिहीबार कारोबार रकममा पनि गिरावट आयो । उक्त दिन ३०२ कम्पनीको शेयर कारोबारमा आउँदा सात अर्ब ९२ करोड १३ लाख रुपैयाँ बराबरको एक करोड ५८ लाख ७५ हजार १५२ कित्ता शेयर ७८ हजार ८३५ पटक शेयर किनबेच भयो ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  १ : ४२ बजे

पाकिस्तानमा सैन्य कारबाहीमा ६ आतङ्ककारी मारिए

इस्लामावाद – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलहरूसँगको गोली

विद्यालयले अनधिकृत शुल्क लिएको भन्दै अभिभावकको विरोध

रुपन्देही – सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेको भए पनि

खानेपानीमन्त्री यादव नयाँ दिल्लीमा

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादव भारतको राजधानी नयाँ दिल्ली पुगेका

एमालेको सचिवालय बैठक आव्हान

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक भोलि दिउँसो बस्ने भएको

महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह

पर्वत – पर्वतका स्थानीय तहहरूले महिलालाई मादल बजाउने वाद्यवादनसम्बन्धी तालिम