शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ७४ पैसा र बिक्रीदर १३९ रुपियाँ ३४ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १४४ रुपियाँ ५६ पैसा र बिक्रीदर १४५ रुपियाँ १९ पैसा तोकिएको छ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रुपियाँ २७ पैसा र बिक्रीदर १७४ रुपियाँ ०२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रुपियाँ ९७ पैसा र बिक्रीदर १५३ रुपियाँ ६४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ९५ पैसा र बिक्रीदर ८७ रुपियाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ०८ पैसा र बिक्रीदर ९७ रुपियाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपियाँ ८४ पैसा र बिक्रीदर १०३ रुपियाँ २८ निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ०२ पैसा र बिक्रीदर नौ रुपियाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०२ पैसा र बिक्रीदर १९ रुपियाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९९ पैसा र बिक्रीदर ३७ रुपियाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ०५ पैसा र बिक्रीदर ३८ रुपियाँ २२ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १० पैसा र बिक्रीदर चार रुपियाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ७७ पैसा र बिक्रीदर ३७ रुपियाँ ९४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ १४ पैसा र बिक्री दर ३१ रुपियाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ५७ पैसा र बिक्रीदर नौ रुपियाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ८० पैसा र बिक्रीदर १२ रुपियाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर १७ रुपियाँ ८१ पैसा र बिक्री दर १७ रुपियाँ ८९ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८१ पैसा र बिक्रीदर १७ रुपियाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपियाँ ३२ पैसा र बिक्रीदर ४५१ रुपियाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपियाँ १० पैसा र बिक्रीदर ३६९ रुपियाँ ६९ पैसा र ओमनी रियाल एकको खरिददर ३६० रुपियाँ ३५ पैसा र बिक्रीदर ३६१ रुपियाँ ९१ पैसा निर्धारण भएको छ।

यस्तै, भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ५ : ३५ बजे

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध

नयाँ पुल निर्माण १० वर्षदेखि अलपत्र, ४५ वर्ष पुरानो ट्रसको मर्मत सुरु

दोलखा– लामासाँघु- जिरी सडक खण्ड अन्तर्गतको तामाकोशी नदिको निर्माणाधीन अलपत्र

इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुँदैन : ट्रम्प

वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजको जलक्षेत्रमा तेल

रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योग मन्त्री बन्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईजना सांसदलाई मन्त्री बनाउने

बालेनको उपस्थितिमा उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय

काठमाडौं- उपसभामुख पदको निर्वाचनअघि डाकिएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको