ट्रम्प र पुटिनको सहमति स्वीकार नगर्ने जेलेन्स्कीको भनाइ « Khabarhub

ट्रम्प र पुटिनको सहमति स्वीकार नगर्ने जेलेन्स्कीको भनाइ


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्स्कीले आफ्नो अनुपस्थितिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले गरेको सहमति मान्य नहुने बताएका छन्।

ट्रम्प र पुटिनले फोन वार्तामा युद्ध विरामको नजिक पुगेको भन्दै युक्रेनलाई नाटोको सदस्यता व्यवहारिक नहुने कुरामा जोड दिएका थिए।

त्यसलगत्तै जेलेन्स्कीको यस्तो भनाइ सार्वजनिक भएको हो। ‘एउटा स्वतन्त्र राष्ट्र भएका कारण यो मान्न हुँदैन,’ जेलेन्स्कीले भनेका छन्। एक दिन अघि अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनसँगको फोन वार्ता गरेका थिए। वार्तापछि ट्रम्पले युक्रेनको भू–भाग सन् २०१४ कै अवस्थामा नहुनेसमेत बताएका थिए।

ट्रम्पले शुक्रवार म्युनिखमा अमेरिका, युक्रेन र रुसको बिचमा उच्च पदस्थ सुरक्षा सम्मेलनको पनि आह्वान गरेका छन्। जेलेन्स्कीले त्यो बैठकमा कुन देशबाट को जाने भन्ने पनि यकिन नभएको बताए।

रुसले यस बारेमा कुनै प्रतिक्रिया व्यक्त गरेको छैन। जेलेन्स्कीका सल्लाहकार डेमेट्री लिभियाटनले म्युनिखमा रुससँगको वार्ता अपेक्षा नगरेको बताए। यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग म्युनिखमा जेलेन्स्कीको भेट हुने घोषणा भएको थियो।

उनले बेलायत, युरोपेली युनियन र अमेरिकाको उपस्थितिमा शान्ति वार्ता सही हुने कुरा बताएका छन्। बेलायती रक्षा सचिव जोन हेलीले युक्रेनको अनुपस्थितिमा रुस र अमेरिकाले मात्र त्यस देशको बारेमा धारणा बनाउन सही नहुने बताइसकेका छन्।

ब्रसेल्समा जारी नाटो बैठकमा युरोपेली वैदेशिक नीति प्रमुख काजा कालासले अमेरिकाले रुसको पक्षमा आफूलाई प्रस्तुत गरेको आरोप लगाएका छन्।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ५ : ५६ बजे

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना आर्थिक क्रान्ति सम्भव छैन’

म पुराना अन्धविश्वासहरूमा विश्वास त गर्दिनँ, तर शान्ति प्रक्रियामा आइसकेपछि

६ दिनभित्र बेनी-जोमसोम सडक पूर्ण सुचारु हुने

काठमाडौं- मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरो र

नेपाली कांग्रेस १५ औँ महाधिवेशनको बन्द सत्र सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दोस्रो दिन बन्द सत्र

गगन थापाले पेस गरे ‘समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण

प्रभावित प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको सान्त्वना- विपद्मा ढुक्क हुनूस्

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी