विराटनगरमा शोरुमबाटै चोरियो ८० लाखको कार « Khabarhub

विराटनगरमा शोरुमबाटै चोरियो ८० लाखको कार


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशको राजधानी सहर विराटनगरबाट शोरूमा राखिएको कार चोरी भएको छ।

विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित एयरपोर्टनजिक रहेको शोरुमबाट ७९ लाख ५० हजार रुपैपाँ पर्ने नयाँ कार चोरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर हेमराज ओलीले शोरुममा रखिएको कार शुक्रबार सबेरै बिहान २ बजे चोरी भएको पुष्टि गरेका छन् ।

‘शोरुममा रखिएको कार चोरी भएको खबर आएको छ । अहिले हामी अनुसन्धानको चरणमा छौँ’, उनले खबरहबलाई भने, ‘शोरुमको शिशा इँटाले हानेर फुटाएपछि कार चोरेर लगिएको जानकारी सञ्चालकबाट आएको छ। प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान र खोजतलास गरिरहेको छ ।’

विराटनगरको एयरपोर्टनजिक रहेको शोरूमबाट चोरी भएको भक्सवागन कारको बजार मूल्य ७९ लाख ५० हजार रुपैयाँ रहेको सञ्चालकले बताएका छन् ।

चोरीमा संलग्नले सबैभन्दा पहिले गेटको ताला फोडेका थिए । त्यसपछि शोरूमको शिशाको ठूलो ढोका इँटाले फुटाएर गएराति चोरी गरिएको हो ।

चोरिएको उक्त कार बागमती प्रदेश ०१०३० ८५८१ नम्बरको रहेको शोरुमका एकजना कर्मचारीले बताएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  १२ : २२ बजे

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ