घ्यूको ग्यालेनभित्र साढे ११ किलो चरेससहित एक पक्राउ « Khabarhub

घ्यूको ग्यालेनभित्र साढे ११ किलो चरेससहित एक पक्राउ


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्साबाट प्रहरीले साढे ११ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही विष्णु गाउँपालिका वडा नम्बर ४ मधुवनगोठका ४५ वर्षीय सुधीर कर्ण रहेका छन् ।

कर्णलाई शुक्रबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर १६ चालिस फिट्टे सडकबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

सवारीसाधन तथा पैदलयात्रीहरूलाई चेकजाँच गर्ने सिलसिलामा अस्थायी प्रहरी पोष्ट इनर्वाको टोलीले नेपालबाट भारत जाँदै गरेका कर्णलाई बिहान १० बजे पक्राउ गरेको लम्सालले बताए ।

कर्णले रातो रंगको ग्यालेन बोकेका थिए। माथि घ्यू राखेर रातो प्लाष्टिकमा पोको पारी ग्यालेनभित्र ११ किलो ५०० ग्राम चरेस लुकाएर भारत लैजाँदै गरेको अवस्थामा कर्ण पक्राउ परेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।

‘ग्यालिनभित्र साना-साना पोकैपोका भेटिएका छन्, पोकाभित्र चरेस फेला परेको छ,’ लम्सालले भने ।

कर्णले कहाँबाट चरेस ल्याएको भनी प्रहरीलाई स्पष्ट बताइसेका छैनन्। कर्णलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान थालिएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ३ : ४१ बजे

‘सीप र कला कुनै जातको हुँदैन’

महोत्तरी– ‘सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

काठमाडौं – केही समयको आरामसँगै भारतका ब्याट्सम्यान विराट कोहलीले दक्षिण

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न

पेनाल्टीको अवसरले हारबाट जोगियो रियल म्याड्रिड

काठमाडौं – सुरुवाती अग्रता लिएको गिरोनाविरुद्ध पेनाल्टीको अवसर पाएसँगै रियल

एनपीएलमा आज ‘ब्रेक’ : १९ खेल सकिँदा कस्तो बन्यो अंक तालिका ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार