नेपालमा टियागोइभी २०२५ मोडलको डेलिभरी सुरु, मूल्य कति ?  « Khabarhub

नेपालमा टियागोइभी २०२५ मोडलको डेलिभरी सुरु, मूल्य कति ? 


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टाटा मोटर्सले सिप्रदी ट्रेडिङ प्रालिसँगको सहकार्यमा नेपालमा टियागो इभी २०२५को बुकिङ्गको साथै डेलिभरी सुरु गरेको छ । टियागोइभी २०२५ मोडल पुरानै सुरुवाती मूल्य २७.४९ लाखमा नेपालमा आएको छ। 

टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खंडेलवाल भन्छन्, ‘नेपालमा हाम्रा विद्धुतीय सवारीसाधनको सफलताले नयाँ २०२५ टियागोइभि  ल्याउन उत्प्रेरित गरेको हो । यस गाडीको आरामदायी तथा क्लच र गियरको झन्झट नहुने हुँदा गाडी चलाउन सजिलो हुने हुँदा लोकप्रियता बढिरहेको छ ।’

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठको अनुसार यो नेपाली बजारमा लोकप्रिय विद्धुतीय ह्याचब्याकको रूपमा स्थापित भइसकेको छ ।

कम्पनीका अनुसार नंया टियागोइभी २०२५ मोडलमा ग्राहकले २६.०३ से.मी.को फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम लगायत वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेको सुविधा लिन सक्छन् । सुरक्षाको दृस्टीकोणले दुइटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, र हिल होल्ड कन्ट्रोल जस्ता विशेषताहरू यसमा छन् । 

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ४ : ०९ बजे

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि