प्रचण्डको आरोप- कांग्रेस-एमालेले संविधान संशोधन गर्दैनन्, जनताका अधिकार उल्ट्याउँछन् | Khabarhub Khabarhub

प्रचण्डको आरोप- कांग्रेस-एमालेले संविधान संशोधन गर्दैनन्, जनताका अधिकार उल्ट्याउँछन्


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

दोलखा- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस-एमाले संविधान संशोधनमा नभई संविधान च्यातेर जनताका अधिकार उल्ट्याउन केन्द्रित रहेको बताएका छन्।

३० औँ ‘जनयुद्ध दिवस’ तथा माओवादी केन्द्र जिरी नगरपालिका दोलखाको तेस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन् ।

‘एमाले नेतृत्व र कांग्रेसका एकथरिले संविधानको प्रस्तावना र धारा उपधारामा माओवादी नै माओवादी देख्ने गरेका छन्’, उनले भने, ‘महिला, दलित, जनजाति, मधेशी, मुश्लिम, थारु आदि उत्पीडित समुदाय र क्षेत्रले पाएको अधिकार बढी भएको ठानेका छन्, त्यसैले उनीहरु संविधान संशोधन होइन, कुनै पनि बहाना गरेर यो संविधान उल्ट्याउन चाहन्छन् ।’

दुई दुई पटक संविधान मिचेर संसद् विघटन गरेको घटना यसकै उपज रहेको स्मरण गराउँदै उनले अहिले पनि यो प्रवृत्ति र प्रयास नरोकिएको बताए ।

‘मलाई सरकारबाट हटाउँदा संविधान संशोधनलाई मुख्य एजेण्डाको भनिएको थियो, तर अहिले आएर प्रधानमन्त्रीले नै २०८७ मा मात्रै संविधान संशोधन हुने भन्न थालेका छन्’, उनले भने, ‘यसबाट उनीहरु संविधान संशोधनमा इमान्दार छैनन् भन्ने देखिन्छ ।’

विगतमा संसद् विघटन गर्दा लाखौं जनतालाई सडकमा ल्याएर संघर्ष गरेपछि संविधान मिच्ने प्रयास असफल भएको उनले बताए ।

‘अहिले उनीहरूले चारैतिर घेरा हालेर संविधान च्यात्ने र जनताले पाएको अधिकार खोस्न खोजिरहेका छन् । तर हामी भने यसलाई समृद्ध बनाउन र जनताका अधिकार थप्न चाहन्छौँ’, उनले भने, ‘प्रतिक्रियावादीहरूको षड्यन्त्रविरुद्ध जनतालाई एक बनाएर संविधानको रक्षा र थप अधिकार सुनिश्चित गर्न चहान्छौँ।’

हिजो संविधान बनाउनैपर्ने बाध्यताका कारण आफ्ना मुद्दा फरक मतको रुपमा राखेर सम्झौता गरेकव उनले बताए । अब प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउने उनको तर्क थियो । यसबाट मात्रै राजनीतिक स्थायित्व कायम हुने सबै वर्ग र समुदायले पनि थप राजनीतिक अधिकार मिल्ने उनको भनाइ छ।

बिचौलिया र दलाललाई मन नपरेर आफूलाई सरकारबाट हटाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेटिङमा काम गर्ने र बिनामिहिनेत करोडौं लुट्नेहरूले आफूअनुकूल सरकार बनाएको बताए ।

‘मलाई हटाएको कांग्रेस र एमालेका नेताहरूले भन्दा दलाल, भूमाफिया र बिचौलियाले हो’– उनले भने, ‘उनीहरूले कांग्रेस र एमालेका प्रमुख नेतालाई आफ्नो घरमा बोलाएर सरकार परिवर्तन गरेको जनताले स्पष्टसँग बुझिसकेका छन् ।’

भ्रष्टहरूलाई अब यसभन्दा बढी लुट्ने छुट दिन नसकिने उल्लेख गर्दै उनले नेपाली जनताले एकताको तागत देखाउने बेला आएको बताए । हिजो जनताको पक्षमा लड्दा राज्यले हिंसाको बलमा सिध्याउन खोजेको स्मरण उनले गरे । ‘हामी जनताको बलबाट नै संघीय लोकतान्त्रिक गणतन्त्रमा आएको हो, कसैको दया मायाँले यहाँ यो व्यवस्था आएको होइन’, उनले भने ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ४ : १४ बजे

कम्बोडियाले युद्धविरामको ‘उल्लङ्घन’ गरेको थाइल्यान्डको आरोप

एजेन्सी –थाइल्यान्डले बुधबार कम्बोडियालाई सीमापार लडाइँ अन्त्य गर्न युद्धविराम सम्झौताको

‘सहरी र ग्रामीण स्वास्थ्य सेवामा ठूलो खाडल छ’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले ग्रामीण क्षेत्रमा दक्ष चिकित्सक, नर्स,

भैरहवामा रास्वपा दलको बैठक, केही सांसदले जेल पुगेर भेटे रविलाई

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा

राष्ट्रियसभा बैठकमा मन्त्रीहरू नै निदाएपछि…

काठमाडौं– राष्ट्रियसभा बैठकमा मन्त्रीहरू निदाएका छन् ।  नेपालको अतिकम विकसित राष्ट्रबाट

सिरहामा ८० वर्षीय वृद्धको हत्या

सिरहा– जिल्लाको धनगढीमाई नगरपालिका-११ आमचोकमा ८० वर्षीय फनिलाल यादवको आफ्नै