प्रणय दिवसका दिन आश्रमका वृद्धावृद्धाको स्याहार « Khabarhub

प्रणय दिवसका दिन आश्रमका वृद्धावृद्धाको स्याहार


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भ्यालेन्टाइन अर्थात् प्रणय दिवसका दिन शुक्रबार धेरै युवायुवती आफ्ना प्रेमी तथा जोडीसँग रमाउन व्यस्त थिए ।

कतिपय शुक्रबार प्रेम प्रस्ताव राख्न पनि व्यस्त भए । तर यही दिन केही युवाहरू भने फरक शैलीमा प्रेम दिवस मनाउन जुटे।

लियो क्लब अफ काठमाडौं निर्वणाका युवाहरूको समूहले पशुपतिनाथ परिसरस्थित वृद्धाश्रममा वृद्धवृद्धाको सेवा गरेको छ।

लियो क्लब अफ काठमाडौंका सदस्यहरूले वृद्धावृद्धाको हेरचाह गरेर माया साटासाट गरेका हुन्।

लियो क्लब अफ काठमाडौं निर्वणाको आयोजनामा आश्रममा सरसफाइ गरिएको छ। यसैगरी युवाहरूले वृद्धहरूको दाह्री र कपाल काटेर नुहाइदिएका छन्।

कार्यक्रमका संयोजक राजन खनालले प्रणय दिवसमा फूल साटासाट, डेटिङ, डिस्को र क्याफेमा रमाउनुको साटो सामाजिक भावले वृद्धवृद्धाको सेवा गरिएको बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ५ : ०१ बजे

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट