साताको कार्टुन : ओलीको अध्यादेश, ‘हात्ती छिर्‍यो, पुच्छर अड्क्यो’ « Khabarhub

साताको कार्टुन : ओलीको अध्यादेश, ‘हात्ती छिर्‍यो, पुच्छर अड्क्यो’


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत पुस महिनामा केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका ६ वटा अध्यादेशका कारण राजनीतिक संकट बढ्दै गएको छ।

नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर साना दलको समेत दुईतिहाइ नजिकको सरकारलाई अध्यादेश पारित गर्ने अवस्था नहुँदा नैतिक संकट परेको छ ।

खासगरी ओली नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपालका कारण तनाव भएको छ । राष्ट्रियसभामा तीन सिट रहेको जसपाले खासगरी माघ २ गते राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिने निर्णय गरेपछि तनाव बढेको हो ।

यादवले सरकारमा बार्गेनिङसहित विपक्षमा उभिने बताएपछि ओलीका लागि टाउको दुखाइ भएको छ । जसपा पनि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि अध्यादेशलाई समर्थन गर्न नसक्ने बताएको छ । लोसपा त अझ सरकारमै सहभागी छ ।

माघ १८ गते नै संसद्मा लगेर पारित गराउने योजनामा रहेका ओलीलाई दिन जति जति ढल्किँदै जाँदैछ, उतिउति दबाब पनि पर्दैछ । सरकारले अध्यादेशलाई संसद्‍बाट पारित गर्ने समय ६० दिनको हो । यो ६० दिनभित्र अध्यादेश पारित नगरेर सरकारलाई पनि समस्या हुन्छ । अध्यादेश फेल भएमा दुईतिहाइको सरका हल्लिने जोखिम पनि छ ।

ओलीले ६ वटै अध्यादेश पारित गर्न प्रतिनिधिसभामा समस्या छैन । राष्ट्रियसभामा पनि ३ देखि ४ सिट अभाव छ । यस्तोमा यो अध्यादेशको हात्ती ओलीले संसद्‍मा छिराइसके पनि पुच्छर भने उपेन्द्र यादवले ढोकामा समातेर बसिदिँदा दुईतिहाइको सरकारलाई तनाव भएको छ । यही सन्दर्भमा यो कार्टुनमार्फत् उपेन्द्रको अडान र ओलीको संकटलाई देखाउन खोजिएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ५ : १५ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच