युके पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

युके पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाइदिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-३ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने ५३ वर्षीय दिनेश अधिकारी छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार काठमाडौं-२६ बाट पक्राउ गरेको उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले जानकारी दिए ।

अधिकारीले युकेमा आकर्षक तलब हुने प्रलोभनमा पारेर एक व्यक्तिलाई ३२ लाख ५७ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

लामो समयसम्म झुक्यानमा पार्दै विदेश नपठाएर अधिकारी सम्पर्कविहीन भएपछि ती पीडित प्रहरीमा उजुरी दिन पुगेका थिए ।

पक्राउ परेका अधिकारीलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि शुक्रबार नै वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको एसएसपी बस्नेतले बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ६ : २७ बजे

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल