युके पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

युके पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाइदिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-३ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने ५३ वर्षीय दिनेश अधिकारी छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार काठमाडौं-२६ बाट पक्राउ गरेको उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले जानकारी दिए ।

अधिकारीले युकेमा आकर्षक तलब हुने प्रलोभनमा पारेर एक व्यक्तिलाई ३२ लाख ५७ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

लामो समयसम्म झुक्यानमा पार्दै विदेश नपठाएर अधिकारी सम्पर्कविहीन भएपछि ती पीडित प्रहरीमा उजुरी दिन पुगेका थिए ।

पक्राउ परेका अधिकारीलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि शुक्रबार नै वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको एसएसपी बस्नेतले बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ६ : २७ बजे

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट