अन्तरराष्ट्रिय घटनालाई समाजवादी दृष्टिकोणले हेर्नुपर्नेमा जोड « Khabarhub

अन्तरराष्ट्रिय घटनालाई समाजवादी दृष्टिकोणले हेर्नुपर्नेमा जोड


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) विदेश विभाग बैठकले अन्तरराष्ट्रिय सम्बन्ध र त्यससम्बन्धी घटनालाई समाजवादी विचारधारात्मक दृष्टिकोणले हेर्नुपर्नेमा जोड दिएको छ ।

विभागको आज पार्टी कार्यालय आलोक नगरमा बसेको बैठकमा वैदेशिक घटनालाई साम्राज्यवाद विरोधी र समाजवादी धरातलबाट नियाल्दै राष्ट्रिय स्वार्थलाई अगाडि राखेर सम्बन्ध विस्तार गरिनुपर्ने औँल्याइयो ।

बैठकमा पार्टी वरिष्ठ नेता तथा विभाग प्रमुख प्रमेशकुमार हमालले समाजवादीहरूले विश्व साम्राज्यवाद एवं पूँजीवादविरुद्ध स्पष्ट धारणा राख्दै स्वतन्त्रता –मुक्ति आन्दोलन तथा जलवायु परिवर्तनले पारेका नकारात्मक असर र जातीय –लैङ्गिक हिंसा विरोधी सङ्घर्ष तथा मजदुर–किसान–अल्पसङ्ख्यकका आन्दोलनमा ऐक्यबद्धता व्यक्त गर्नुपर्ने बताए ।

आफ्नो सुरक्षा र दृष्टिकोण तयार गर्न छिमेक र विश्वमा भइरहेका सबै गतिविधि नियाल्नुपर्ने बताउँदै पूर्वराजदूत हमालले भने, “गाजा, प्यालेस्टान क्षेत्रमा भइरहेको नरसंहारको समाजवादीले विरोध गर्नैपर्छ, संयुक्त राष्ट्र सङ्घ पनि आफूले पारित गरेका प्रस्तावमा टिक्न सक्नुपर्छ ।”

नेता हमालले पार्टीका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको यही फागुन ६–९ गतेसम्म हुने बैठकमा पार्टीका कार्ययोजना तयार गर्ने, जनतासँग सरोकार राखेर सङ्गठन गर्ने र समसामयिक विषयमा जनसङ्घर्ष अघि बढाउने विषयमा छलफल हुने जानकारी पनि दिए ।

बैठकमा विभागका पूर्वसचिव डा शङ्कर खतिवडा, लालबहादुर पाख्रिन, शम्भु पोखरेललगायतले विश्वका वर्तमान घटनाले समाजवादी आन्दोलनलाई चुनौती थपिएकाले आफू सतर्क भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ९ : ४९ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा