म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनमा « Khabarhub

म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनमा


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं- म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको क्वाटरफाइनमा पुगेको छ ।

गएराती सम्पन्न राउन्ड १६ को दोस्रो लिगमा स्पेनिस क्लब रियल सोसियडाडलाई ४-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-२ को नतिजासहित म्यानचेस्टर युनाइटेड क्वाटरफाइनमा पुगेको हो । यस अघि पहिलो लिग १-१ गोलको बराबरीमा सकिएको थियो ।

यस खेलमा म्यानचेस्टर युनाइटेडको जितमा ब्रुनो फर्नानडेजले ह्याट्रिक गरेका थिए भने डिओगो डलोटले एक गोल गरेका थिए । त्यस्तै रियल सोसियडाडका लागि मिकेल ओयारजाबालले एक गोल गरेका थिए । त्यस्तै यस खेलमा खेलको ६३औं मिनेटमा जोन आरामबुरुले रातोकार्ड पाएपछि रियल सोसियडाड १० खेलाडीमा समिति भएको थियो ।

अब क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडले फ्रेन्च क्लब लियोनको सामना गर्ने छ । क्वाटरफाइनलका खेलहरू पहिलो लिग अप्रिल १० र दोस्रो लिग अप्रिल १७ मा हुने छ ।
            

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ७ : ३७ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले