किन केकेआरले रहानेलाई कप्तान बनायो ? « Khabarhub

किन केकेआरले रहानेलाई कप्तान बनायो ?


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अजान्के रहानेको अनुभव र तनावको समयमा टोलीलाई नियन्त्रणमा राख्न सक्ने क्षमता राख्नछन्। यही खुबीका कारण उनलाई कप्तान चयन गरिएको कलकत्ता नाइट राइडर्स (केकेआर)का प्रमुख कार्यकारी बेंकी माइसोरले बताएका छन्।

केकेआरको कप्तानको रूपमा रहाने र अलराउण्डर बैंकटेस ऐयार दुवै दाबेदार थिए। ऐयारले आफू कप्तानको जिम्मेवारी पाएमा तयार भएको समेत बताएका थिए। यसका बाबजुद फ्रेन्चाइजले रहानेलाई पहिलो प्राथमिकता दिँदै ऐयारलाई उपकप्तान बनाएको हो।

सन् २०२४ को सिजनको सुरुवातमा नै रहाने रिलिज भएका थिए। अक्सनबाट उनलाई अनुबन्ध गरिएको हो। उनले ऐयार उपयुक्त भए पनि यदाकदा तनावको समयमा अनुभवले काम गर्ने बताएका छन्।

सन् २०२४ मा कलकत्ताले उपाधि जितेको समयमा कप्तान रहेका श्रेयास ऐयार भने अहिले पन्जाब किङ्समा छन्। यस वर्षको अक्सनको पहिलो दिन अनसोल्ड रहेका रहानेलाई दोस्रो दिन बेस प्राइज १ दशमलव ५ करोडमा कलकत्ताले लिएको हो। यसअघि सन् २०२२ को आइपिएलमा रहानेले कलकत्ताका लागि ७ खेल खेलेको थिए। सो वर्ष टोली सातौँ स्थानमा रहेको थियो।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ८ : १६ बजे

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित