पुटिन अमेरिकी युद्धविराम प्रस्तावमा सकारात्मक « Khabarhub

पुटिन अमेरिकी युद्धविराम प्रस्तावमा सकारात्मक


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० दिने युद्धविरामको लागि अमेरिकी प्रस्तावमा सैद्धान्तिक रूपमा सहमत भएको बताएका छन् ।

तर दिगो शान्तिको बाटो प्रशस्त गर्नको लागि यसको ढाँचा तय गर्नुपर्ने शर्त राखेका छन् । उनले युक्रेनसँगको सम्झौतामा यति धेरै ध्यान दिएकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासको प्रशंसा गरेका थिए । यसका साथै उनले यो युद्ध रोक्न भारत, चीन, ब्राजिल र दक्षिण अफ्रिकाका नेताहरूप्रति कृतज्ञता पनि व्यक्त गरेका थिए । 

पुटिनले पत्रकार सम्मेलनमा भने, ‘३० दिने युद्धविरामको विचार आफैंमा सही छ र हामी यसलाई निश्चित रूपमा समर्थन गर्छौं । तर त्यहाँ छलफल गर्नुपर्ने मुद्दाहरू छन् ।’

उनले युद्धविरामको सम्भावित उल्लङ्घन नियन्त्रण गर्न संयन्त्र विकास गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामी लडाईं रोक्ने प्रस्तावहरूसँग सहमत छौं तर युद्धविरामले दिगो शान्ति ल्याउनु पर्छ र संकटको मूल कारणहरूलाई सम्बोधन गर्नुपर्छ भन्ने विश्वासका साथ अगाडि बढ्नेछौं ।’

वर्तमान युद्धभूमिको अवस्थाका कारण युक्रेनले युद्धविराम चाहेको पुटिनको विश्वास छ । उनले रुसको कुर्स्क क्षेत्रमा प्रवेश गरेको युक्रेनी सेनालाई केही दिनभित्रै पूर्ण रूपमा घेरा हाल्ने दाबी गरे । 

उनले भने, ‘यस परिस्थितिमा, कम्तिमा ३० दिनको लागि युद्धविराम भएमा युक्रेनको लागि फाइदाजनक हुनेछ ।’ 

यद्यपि, उनले कुर्स्कमा फसेका सिपाहीहरू लडाइ नगरी फर्कन सक्षम हुन्छन् त रु भन्दै प्रश्न उठाएका छन् । यसका साथै रुसले युद्धविरामको अनुगमन गर्न नेटो देशहरूबाट कुनै पनि शान्ति सेनालाई स्वीकार नगरिने कुरा पनि स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ८ : ४७ बजे

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा

बेकोले सुरु गर्‍यो विशिष्ट ग्राहक अभियान : घरको लागि डिजाइन, क्रिकेटको उत्साहसँग विभूषित

काठमाडौं– बेकोले नेपाली बजारमा एक ग्राहक अभियानको सुरुवात गरेको छ ।

तीन सय शय्यासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल 

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्व सशस्त्र