सरकारप्रति शेखर कोइरालाको टिप्पणी- विनाशकाले विपरीत बुद्धि « Khabarhub

सरकारप्रति शेखर कोइरालाको टिप्पणी- विनाशकाले विपरीत बुद्धि


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाली कांग्रेसका नेता डा‍.शेखर कोइरालाले वर्तमान सरकारको कडा टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत कोइरालाले सरकारलाई ‘विनाश काले विपरीत बुद्धि’ भन्दै टिप्पणी गरेका हुन्।

उनले सरकारलाई कुशासनको दुष्चक्रमा परेको आरोप लगाउँदै नागरिकको बढ्दो आक्रोश, सत्तारुढ पार्टी भित्रको तीव्र विरोध र गलत तत्वहरूले सडकमा अशान्ति फैलाइरहेको संवेदनशील समयमा सरकारले अर्को ‘दुष्कर्म’ को प्रयास गरेको जिकिर गरेका हुन् ।

उनले ‘पूर्व विशिष्टलाई आजीवन सुविधा’ दिने सरकारको तयारीलाई चौतर्फी विरोधको सामना भइरहेको बताए । उनले सरकारलाई यस्ता काम अघि नबढाउन र दिइएका सुविधाहरू घटाउन आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘विनाश काले विपरीत बुद्धिः सरकार कुशासनको दुष्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोश, सत्तारुढ पार्टीभित्र नै सरकारको कामको तीव्र विरोध र गलत तत्वहरूले सडक तताइरहेको संवेदनशील अवस्थामा अर्को दुष्कर्मका प्रयासः पूर्वविशिष्टलाई आजीवन सुविधा। यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन। सरकार, यस्ता काम अघि नबढाऊ बरु दिइएको सुविधा पनि घटाऊ।’

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  १० : १७ बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल