आजको कार्टुन- राजतन्त्रभन्दा आफ्नै कुशासनले तर्सिँदै दलहरू | Khabarhub Khabarhub

आजको कार्टुन- राजतन्त्रभन्दा आफ्नै कुशासनले तर्सिँदै दलहरू


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशमा गणतन्त्र आएको पनि १७ वर्ष भइसकेको छ । तर, सदाका लागि बिदा भइसकेको शाहवंशीय राजतन्त्रको भूतले दलहरूलाई लखेट्न छाडेको छैन ।

फागुन २५ गते त्यस्तै दृश्य काठमाडौंको सडकमा देखियो । अन्तिम शाहवंशीय राजा ज्ञानेन्द्र आफैं पनि सडकमा आएको भिड देखेर हौसिएका थिए ।

राजावादी र पूर्वपञ्चहरू पनि उत्साहित हुने नै भए । आखिर किन यस्तो भयो त ? बितेका १७ वर्षमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले लगातारजसो पालैपालो सत्ता हाँकेका छन् ।

तर, यी तीनै दलले न त सुशासनको प्रत्याभूति दिन सकेका छन् न त भ्रष्टाचार नै घटेको छ । गाउँ गाउँमा पुगेका भनिएका स्थानीय तह पनि सिंहदरबारका अर्को रुप भएका छन् । जनप्रतिनिधिहरू पनि कर्मचारी र ठेकेदारसँग मिलेर अकुत थुपार्न लाग्दा जनतामा निराशा र आक्रोश दुवै देखिएको छ ।

दलहरूको कुशासन यतिसम्म बढेको छ कि सर्वसाधारण हजारौँ राजा पाल्नुभन्दा एकै राजा पाल्न तयार रहेको धारणा बनाउन थालेका छन् ।

खासमा, राजावादी आफैं जागेका होइनन्, गणतन्त्रवादी भनिएका दलहरूको कुशासन र बदमासीको परिणाम चिहानमा पुगिसकेको राजतन्त्रले प्राण भर्ने कोसिस गरिरहेको छ।

सदाका लागि बिदा भएको राजतन्त्र किन फेरि चिहानबाट ब्यूँतिन खोज्दैछ त ? त्यसको प्रमुख कारण नै दलहरूको कुशासन हो । दलहरूको कुशासनकै कारण नागरिकमा निराशा बढेको, आक्रोश देखिन थालेको कुरालाई यस कार्टुनले चित्रण गर्ने कोसिस गरेको छ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  १ : ०२ बजे

भान्सको निर्णायक मतले ट्रम्पले ल्याएको खर्च विधेयक सिनेटबाट पास

वाशिङटन – २४ घण्टा भन्दा लामो समय सिनेटमा छलफल भएपछि

म्याग्दीको ओखरबोटमा तामाखानी उत्खननका लागि अध्ययन सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन

राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित गरिँदै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ ।

वैकल्पिक खेलाडीलाई मौका दिएको दक्षिण अफ्रिकाको जिम्बाबेविरुद्ध सानदार जित

काठमाडौं – दक्षिण अफ्रिकाले जिम्बाबेसँगको टेस्ट खेलमा ३२८ रनको जित

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल