पूर्वविशिष्टलाई आजीवन सुविधा आवश्यक छैन : सभापति खतिवडा « Khabarhub

पूर्वविशिष्टलाई आजीवन सुविधा आवश्यक छैन : सभापति खतिवडा


३० फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सरकारलाई राजनीतिक नेतृत्वभन्दा जनतालाई माथि राख्न सुझाव दिएका छन् । 

सरकारले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने विधेयक ल्याउने तयारी गरेको भन्दै उनले सरकारलाई राजनीतिक नेतृत्वभन्दा जनतालाई माथि राख्न सुझाव दिएका हुन् । 

नेपाली कांग्रेसका सांसद खतिवडाले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘राजनीतिक नेतृत्वभन्दा जनतालाई माथि राख । ‘पूर्वविशिष्टलाई आजीवन सुविधा’ आवश्यक छैन ।’ 

खतिवडाले सरकारले बेमौसमी बाजा बजाउन नहुने पनि उल्लेख गरेका छन् । ‘पूर्वविशिष्टलाई आजीवन सुविधा रु यो बेमौसमी बाजा बजाई राम्रो हुन्न,’ उनले लेखेका छन्, ‘सरकार  राम्रो काम गर । यस्ता कार्य बन्द गर ।’

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  १२ : ५५ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको