तस्बिरमा हेर्नुस् विभिन्न जातिका सांस्कृतिक झाँकी « Khabarhub

हिमवत्खण्ड कला साहित्य संस्कृति सम्मेलन

तस्बिरमा हेर्नुस् विभिन्न जातिका सांस्कृतिक झाँकी


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबारदेखि काठमाडौंमा हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन सुरू भएको छ। हिमवत्खण्डमा छरिएर रहेका नेपाली भावनालाई समेट्ने प्रयासस्वरूप मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले सम्मिलन आयोजना गरेको हो ।

सम्मिलन सुरू हुनुअघि विभिन्न जातजाति र समुदायको संस्कृति झल्किने गरी झाँकी र र्‍याली आयोजना गरिएको छ। उक्त र्‍यालीमा विभिन्न मौलिक पोशाकमा सजिएर सहभागीहरू आएका थिए ।

यो कार्य्रकममा प्राज्ञ डा. जगमान गुरुङद्वारा ‘हिमवत्खण्डको सांस्कृतिक वैशिष्ट्य’ का सम्बन्धमा र सिक्किमका पूर्वमुख्यमन्त्री तथा वरिष्ठ साहित्यकार पवन चाम्लिङद्वारा ‘हिमवत्खण्डमा नेपाली भाषा तथा नेपाली लोकसंस्कृतिको अवस्था’ बारे विशेष प्रवचन राखिएको छ ।

प्रतिष्ठानका अध्यक्ष तथा सम्मिलन आयोजक समितिका संयोजक डा. विजय सुब्बाका अनुसार हिमवत्खण्ड क्षेत्रका भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता र ज्ञानपरम्परालाई आत्मसाथ् गर्दै यो सम्मिलन आयोजना गरिएको हो ।

सम्मिलनमा यहाँका विविध जातजाति तथा समुदायबीच सांस्कृतिक सन्देश आदानप्रदान गर्ने, संस्कृति, सभ्यता र ज्ञानपरम्पराबारे प्राज्ञिक विमर्श गरिँदैछ ।

डा. सुब्बाका अनुसार सम्मिलनमा मुलुकका सातै प्रदेशका साथै भारत (सिक्किम, पश्चिम बङ्गाल, असम, मणिपुर, मेघालय, उत्तराञ्चल), चीन, बङ्गलादेश, म्यान्मार, भुटान, थाइल्यान्डबाट नेपाली लोकसंस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने छ । सम्मिलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हिमवत्खण्ड, यसको महिमा र लोकसंस्कृति’ का सम्बन्धमा प्रवचन दिने भएका छन् ।

सम्मिलनमा प्रा.डा. चूडामणि बन्धुद्वारा हिमवत्खण्डमा नेपाली भाषाको अवस्था, डा. रमेश ढुङ्गेलद्वारा हिमवत्खण्डको संस्कृति र विश्वव्यापीकरण एवं डा. भेषराज अधिकारीद्वारा हिमवत्खण्डको नेपाली खानपान संस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुत हुँदैछ ।

डा. सुब्बाले सम्मिलनमा नेपाली चलचित्रमा भाषा र नेपाली छापा माध्यमको भाषा सम्बन्धमा समेत समूह छलफल गरिने बताएका छन्।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  १ : ५८ बजे

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड