माओवादी पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना « Khabarhub

माओवादी पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षासम्बन्धी विधेयकलाई पारित गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडाँमा धर्ना दिएको छ । 

दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत महासंघले आफूहरूको माग पुरा गर्नका लागि दबाब दिने उद्देश्यले शुक्रबार माओवादी पार्टी कार्यालयमा धर्ना दिएको हो । 

सरकारले आफूहरूसँग यसअघि गरेका सहमति कार्यान्वयन गर्दै त्यसका आधारमा संसद्को चालू अधिवेशनबाटै विद्यालय शिक्षासम्बन्धी विधेयकलाई पारित गर्नुपर्ने आफूहरूको माग रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । उनले शिक्षाप्रतिको उदासीनताका कारण मुलुकको विकास हुन नसकेको जिकिर गरे । 

शिक्षाको विकासमा सरकारको कुनै ध्यान जान नसकेको उनको भनाइ छ । उनले आफूहरूको माग पुरा गर्न सरकारलाई बाध्य पार्ने चेतावनी दिए ।  

दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने महासंघले जनाएको छ । 

त्यस्तै चैत्र ७ गतेदेखि चैत्र १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने महासंघको भनाइ छ । अब सरकारसँग कुनै वार्ता नगर्ने र यसअघि भएका सहमति कार्यान्वयनका लागि दबाब दिने अध्यक्ष सुवेदीले बताए ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  २ : ०८ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति