पशुपति क्षेत्रको ऐतिहासिक अग्निहोतृशाला वैशाखदेखि सञ्चालन हुने « Khabarhub

पशुपति क्षेत्रको ऐतिहासिक अग्निहोतृशाला वैशाखदेखि सञ्चालन हुने


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगत दुई वर्षदेखि बन्द रहेको पशुपति क्षेत्रस्थित अग्निहोतृशाला आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ ।

सञ्चालनका लागि अग्निहोतृ नै चाहिने र सो तत्काल उपलब्ध नभएकाले दुई वर्षदेखि पशुपति चार शिवालयमा रहेको अग्निहोतृशाला बन्द थियो । पशुपति क्षेत्रमा गुठी संस्थानको व्यवस्थापनमा सो सञ्चालनमा रहेको थियो । संस्थान र पशुपति क्षेत्र विकास कोषको संयुक्त व्यवस्थापनमा वैशाखदेखि पुनः सञ्चालन गर्न लागिएको सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए ।

अग्निहोतृको खोजी भइसकेकाले वैशाखदेखि सञ्चालन गर्न लागिएको उनले बताए। अग्निहोतृशालामा छुट्टै कुण्डको व्यवस्था गरी ग्रहशान्ति गर्ने व्यवस्था पनि गर्न लागिएको छ ।

विगत दुई वर्षअघिसम्म गौशालाका गौतम थरका अग्निहोतृले अग्निहोतृशाला सञ्चालन गरिरहेका थिए । गौतम परिवारमा यससम्बन्धी ज्ञान भएका कोही नभएपछि विगत दुई वर्षदेखि बन्द भएको हो । 

अग्निहोतृ परिवारकी डा माया गौतम पृथ्वीनारायण शाहको पालादेखि यो अग्निहोतृशाला नियमित सञ्चालन हुँदै आएको बताउँछिन् । यसमा चासो राख्ने कोही नभएकैले विगत दुई वर्षदेखि बन्द भएको उनले सुनाइन् ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ६ : ३४ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित