बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्रका सई पक्राउ | Khabarhub Khabarhub

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्रका सई पक्राउ


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं – महोत्तरी लोहारपट्टी नगरपालिका-४ खुट्टापिपराढीस्थित रेल्वे ट्रयाक सुरक्षा पोस्टमा कार्यरत सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) धर्मेन्द्र महतो पक्राउ परेका छन् ।

महतोलाई सशस्त्रको महोत्तरीस्थित ९ नम्बर गणका एसपीले पक्राउ गरी गणमा ल्याएर राखेका हुन्।

त्यहाँकी स्थानीय ९ वर्षीया बालिकामाथि शुक्रबार यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महतोलाई नियन्त्रणमा लिइएको हो।

महोत्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार यौन दुर्व्यवहारपछि स्थानीयले आन्दोलन गरेका थिए।

स्थानीयको आन्दोलनपछि सशस्त्र प्रहरीका एसपी आफैँ महतोलाई नियन्त्रणमा लिन पुगेका थिए।

जैसवारका अनुसार अहिले सशस्त्र प्रहरीले उनीमाथि आन्तरिक छानबिन तथा कारबाही गरिरहेको छ। यता पीडितले यौन दुर्व्यवहारबारे जाहेरी दिएपछि आवश्यक कारबाही अघि बढ्ने जैसवारले बताए।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ७ : ०९ बजे

पूर्व-पश्चिम राजमार्ग विस्तार र मर्मतमा ढिलाइ

भीमदत्त– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुदूरपश्चिमको गड्डाचौकी–चिसापानी सडक विस्तारले गति लिन

नक्कली शैक्षिक प्रमाणपत्रसहित एकजना पक्राउ

भैरहवा– प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई

हिरा चोरेको आरोपमा तीन व्यक्ति दुबई प्रहरीको नियन्त्रणमा

एजेन्सी– दुबई प्रहरीले दुई करोड ५० लाख अमेरिकी डलर बराबरको

शिक्षा विधेयकको प्रतिवेदन समितिमा पेस

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय