प्रचण्डलाई ज्ञानेन्द्र शाहीको काउन्टर- विदेशीसँग मिलेर वीरेन्द्रको वंशनाश गर्‍यौ « Khabarhub

प्रचण्डलाई ज्ञानेन्द्र शाहीको काउन्टर- विदेशीसँग मिलेर वीरेन्द्रको वंशनाश गर्‍यौ


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन्।

शुक्रबार प्रचण्डले सिन्धुपाल्चोकको मेलम्चीमा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंश हत्यारा, सुन तस्कर र मूर्ति चोरको संज्ञा दिएपछि शाहीले उल्टै हत्या आरोप लगाएका हुन् ।

‘प्रचण्डजी २०५२सालमा राजा वीरेन्द्रविरुद्धमा हतियार कसले उठायो, तपाईंले उठाउनु भयो? षड्यन्त्र गरेर दरबार हत्याकाण्ड गर्दा सबैभन्दा बढी फाइदा कसलाई भयो, तपाईं लाई भयो’, उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘जनताको सेन्टिमेन्ट कसले प्राप्त गर्‍यो, तपाईंले प्राप्त गर्नु भयो ? राजसंस्थालाई फाल्नुपर्छ भनेर विदेशबाट एम१६, एके४७, एलएमजी,एसएमजी, एसएलआर जस्ता आधुनिक हतियार कसले दियो र तपाईंले लिनुभयो ?’, शाहीले सोधेका छन् ।

त्यसैगरी मोबाइल फोन नभएको समयमा स्याटालाइट फोन युरोपियन युनियनले कसलाई बोक्न दियो ?तपाईंलाई भन्दै अर्को प्रश्न पनि प्रचण्डलाई शाहीले गरेका छन् । ‘भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मारेको हो, तपाईंले मारेको हो । निहत्था नागरिकलाई बाटोबाटोमा बम ठाप्दै कसले हत्या गर्यो ? तपाईंले गरेको हो’, उनले भनेका छन्, ‘विदेशीको इशारामा मन्दिरका र गुम्बाका पुजारी-लामालाई कसले घाँटी रेट्यो? तपाईँले रेटयो ।’

उनले प्रचण्डलाई ३३ किलो सुन तस्करीको आरोप पनि लगाएका छन् । ‘माओवादी लडाकु राखिएको क्यान्टोनमेन्ट घोटाला कसले गर्यो ? तपाईंले गर्‍यो’, उनले भनेका छन्, ‘सिधा भाषामाभन्दा विदेशीको इसारामा तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गरेको हो ।’

शाहीले शुक्रबार प्रचण्डले दिएको भाषणलाई भड्किलो भनेका छन् । ‘यस्तै भड्किला र झूठा भाषण गर्दै हिँड्यौ भने प्रचण्डजी नेपाली जनताले तपाईंलाई माफी दिने छैनन्, त्यसैले भन्छु नवीनतम् सम्झौतामा आउनुस्, विदेशीको गुलाम जति गर्नुभयो, गरिसक्नु भयो, अब देशका लागि केही काम गर्नुस् ।’

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ७ : ५७ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा