प्रचण्डलाई ज्ञानेन्द्र शाहीको काउन्टर- विदेशीसँग मिलेर वीरेन्द्रको वंशनाश गर्‍यौ « Khabarhub

प्रचण्डलाई ज्ञानेन्द्र शाहीको काउन्टर- विदेशीसँग मिलेर वीरेन्द्रको वंशनाश गर्‍यौ


३० फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन्।

शुक्रबार प्रचण्डले सिन्धुपाल्चोकको मेलम्चीमा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंश हत्यारा, सुन तस्कर र मूर्ति चोरको संज्ञा दिएपछि शाहीले उल्टै हत्या आरोप लगाएका हुन् ।

‘प्रचण्डजी २०५२सालमा राजा वीरेन्द्रविरुद्धमा हतियार कसले उठायो, तपाईंले उठाउनु भयो? षड्यन्त्र गरेर दरबार हत्याकाण्ड गर्दा सबैभन्दा बढी फाइदा कसलाई भयो, तपाईं लाई भयो’, उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘जनताको सेन्टिमेन्ट कसले प्राप्त गर्‍यो, तपाईंले प्राप्त गर्नु भयो ? राजसंस्थालाई फाल्नुपर्छ भनेर विदेशबाट एम१६, एके४७, एलएमजी,एसएमजी, एसएलआर जस्ता आधुनिक हतियार कसले दियो र तपाईंले लिनुभयो ?’, शाहीले सोधेका छन् ।

त्यसैगरी मोबाइल फोन नभएको समयमा स्याटालाइट फोन युरोपियन युनियनले कसलाई बोक्न दियो ?तपाईंलाई भन्दै अर्को प्रश्न पनि प्रचण्डलाई शाहीले गरेका छन् । ‘भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मारेको हो, तपाईंले मारेको हो । निहत्था नागरिकलाई बाटोबाटोमा बम ठाप्दै कसले हत्या गर्यो ? तपाईंले गरेको हो’, उनले भनेका छन्, ‘विदेशीको इशारामा मन्दिरका र गुम्बाका पुजारी-लामालाई कसले घाँटी रेट्यो? तपाईँले रेटयो ।’

उनले प्रचण्डलाई ३३ किलो सुन तस्करीको आरोप पनि लगाएका छन् । ‘माओवादी लडाकु राखिएको क्यान्टोनमेन्ट घोटाला कसले गर्यो ? तपाईंले गर्‍यो’, उनले भनेका छन्, ‘सिधा भाषामाभन्दा विदेशीको इसारामा तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गरेको हो ।’

शाहीले शुक्रबार प्रचण्डले दिएको भाषणलाई भड्किलो भनेका छन् । ‘यस्तै भड्किला र झूठा भाषण गर्दै हिँड्यौ भने प्रचण्डजी नेपाली जनताले तपाईंलाई माफी दिने छैनन्, त्यसैले भन्छु नवीनतम् सम्झौतामा आउनुस्, विदेशीको गुलाम जति गर्नुभयो, गरिसक्नु भयो, अब देशका लागि केही काम गर्नुस् ।’

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  ७ : ५७ बजे

सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३