पाल्पाका किसानलाई सहुलियतमा मकैको बीउ « Khabarhub

पाल्पाका किसानलाई सहुलियतमा मकैको बीउ


३० फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

रामपुर– रामपुर नगरपालिकाले किसानलाई अनुदानमा मकैको बीउ उपलब्ध गराएको छ । नगरपालिकाभित्र रहेका १० वडाका किसानलाई अनुदान कार्यक्रममा समाहित गर्दै साढे सात टन बीउ वितरण गरिएको कृषि शाखाले जनाएको छ ।

रामपुर क्पोजित एक हजार एक सय ११ किलो, अरुण–२ जातको तीन हजार नौ सय २४ किलो र मनकामना–३ जातको दुई हजार चार सय ८८ किलो मकैको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए ।

किसानलाई ५० प्रतिशत अनुदानमा तीन वटै जातको प्रतिकिलो ७६ रुपैयाँमा नगरपालिकामार्फत उपलब्ध गराइएको उनी बताउँछन् ।
 
नगरपालिकाका किसान, कृषि समूह तथा कृषि सहकारी गरेर चार सय ३४ जनाको माग आवेदन परेको हुँदा सोही आधारमा वितरण हुने उनले बताए । उनका अनुसार नगरपालिकाले मकैको बीउका लागि गत माघ २९ देखि फागुन ११ गतेसम्म माग सूचना जारी गरेको थियो ।

सो सूचनाका आधारमा किसानले माग गरेबमोजिम बीउ ल्याएर उपलब्ध गराइएको छ । गत फागुन २८ देखि कार्यालय समयमा धमाधम वितरण कार्य भइरहेको छ । यही फागुन ५ गतेसम्म सबै किसानसमक्ष बीउ वितरण गरेर सक्ने गरी शाखाले वितरण गरिरहेको जनाएको छ । 

रामपुर क्पोजिट एक सय १५ दिन, अरुण–२ जातको ९० दिन र मनकामना–३ जातको एक सय २० देखि एक सय २५ दिनभित्र पाक्ने कृषि प्राविधिक बताउँछन् । नगरपालिकाले कृषि उत्पादनलाई जोड दिँदै विभिन्न बालीका बीउ बिजन सहुलियतमा वितरण गर्दै आइरहेको नगरप्रमुख रमणबहादुर थापा बताउँछन् । 

‘कृषिमा आत्मनिर्भर बन्न प्रेरित गर्दै नगरपालिकाले विभिन्न जातका बीउ बिजन खरिद गरेर किसानलाई उपलब्ध गराउँदै आएका छौँ, किसानले माग गरेअनुसार बीउ बिजन पाउनुभएको छ’, नगरप्रमुख थापाले भने, ‘बाहिर बजारमा महँगो मूल्यमा खरिद गर्नुभन्दा सहुलियतमा किसानलाई राहत होस् भनेर यस्ता कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाइरहेका छौँ ।’

धान, गहुँ, मकै, तरकारीलगायत विभिन्न जातका बीउ बिजन, बिरुवा ५० प्रतिशत अनुदानमा पाएपछि किसानलाई एग्रोभेटमा महँगो मूल्यमा खरिद गर्नु परेन । उन्नत जातका बीउ बिजन समयमा नै नगरपालिका कार्यालयमार्फत सहुलियतमा पाउँदा बालीनाली लगाउने समय बीउ खरिद गर्न किसानलाई अन्यत्र भतारिनुपर्ने अवस्था हटेको छ ।
 

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  ८ : ०१ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या