हात्ती मृत्युको समस्या समाधान गर्न रेल समय समायोजन गर्दै श्रीलङ्का | Khabarhub Khabarhub

हात्ती मृत्युको समस्या समाधान गर्न रेल समय समायोजन गर्दै श्रीलङ्का


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलङ्काका वन्यजन्तु र रेलवे अधिकारीहरूले शुक्रबार सात हात्तीको ज्यान जाने सबैभन्दा खराब वन्यजन्तु दुर्घटनापछि रातको समयमा रेलको ठक्कर कम गर्न समयतालिका समायोजन गर्ने लगायतका कम–प्राविधिक उपायहरूको शृङ्खलाको घोषणा गरेका छन् ।

यी उपायहरू फेब्रुअरी २० मा राजधानी कोलम्बोदेखि लगभग १८० किलोमिटर पूर्वमा रहेको हबरानाको एक वन्यजन्तु आरक्षण नजिकै एक एक्सप्रेस रेलले सात हात्तीलाई किचेपछि आएका हुन् । यो यस प्रकारको सबैभन्दा खराब दुर्घटना थियो ।

अधिकारीहरूले टापुको उत्तरी र पूर्वी क्षेत्रहरूमा हात्ती बसोबास गर्ने वन क्षेत्रहरूमा रेलवे ट्र्याकहरूको कमजोर खण्डहरू पहिचान गरेको र न्यूनीकरणका उपायहरू पहिले नै सुरु गरिसकिएको बताएका छन् ।

“हामीले ट्र्याकको दुवै तर्फका झाडीहरू सफा गर्न थालेका छौँ ताकि चालकहरूले झुण्डहरू नजिकै छन् भने स्पष्ट देख्न सकून्”, रेल्वे प्रवक्ता भिएस पोलवत्तागेले कोलम्बोमा पत्रकारहरूलाई भने ।

वन्यजन्तुसम्बन्धीे दुर्घटना हुने सम्भावना भएका क्षेत्रहरूमा रातमा कम रेलहरू सञ्चालन भइरहेको उनले बताए ।अधिकारीहरूले ठक्कर कम गर्न राम्रो ब्रेकिङ क्षमता भएका पावर–सेट रेलहरू पनि तैनाथ गरिरहेका छन् ।

फेब्रुअरी २० को घटनामा कुनै यात्रु घाइते भएनन् तर लगभग एक दिनसम्म सेवाहरू अवरुद्ध भएका थिए । वन्यजन्तु संरक्षण निर्देशक मञ्जुला अमरारत्नले हात्तीहरू रेलबाट भाग्न खोज्दा तिनीहरू फस्नबाट रोक्न अधिकारीहरूले स्लिपरहरू ९रेलमुनि समानान्तरमा बस्ने लगहरू० बीचको खाली ठाउँहरू पनि भर्न थालेको बताए ।

“हामीले ट्र्याकहरू उज्यालो पार्न सौर्य ऊर्जा बत्तीहरू पनि प्रयोग गरिरहेका छौँ र ट्र्याकमा जङ्गली जनावरहरूको बारेमा चालकहरूलाई सचेत गराउने मोशन सेन्सरहरू स्थापना गर्ने प्रक्रियामा छौँ”, अमरारत्नले भने ।

अधिकारीहरूले तथ्याङ्क सङ्कलन गर्न थालेपछि विगत १७ वर्षमा रेलबाट एक सय ३८ वटा हात्ती मारिएको उनले जानकारी दिए ।दुई हप्ताअघि सरकारले टापुमा बढ्दो मानव–हात्ती द्वन्द्वका कारण एक दशकमा एक हजार एक सय ९५ जना मानिस र ती हजार चार सय ८४ जनावर मारिएको घोषणा गरेको थियो ।

श्रीलङ्कामा हात्तीहरूलाई मार्नु वा हानि पु¥याउनु अपराध हो । त्यहाँ अनुमानित सात हजार जङ्गली हात्ती छन् । हात्तीलाई बौद्ध संस्कृतिमा तिनीहरूको महत्त्वका कारणले आंशिक रूपमा राष्ट्रिय खजाना मानिन्छ ।

तथापि निराश किसानहरू आफ्ना बालीहरू लुट्ने र जीविकोपार्जन नष्ट गर्ने हात्तीहरूसँग सङ्घर्ष गर्दा हत्याहरू जारी छन् । धेरै हात्ती विद्युतीय झट्का, गोली र विष दिएर मारिएका छन् । कहिलेकाहीँ जनावरहरूलाई अङ्गभङ्ग गर्नका लागि विस्फोटक पदार्थले भरिएका फलहरू प्रयोग गरिन्छ, जसको परिणाम प्रायः पीडादायक मृत्यु हुने गर्छ ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ८ : ३० बजे

स्ववियु निर्वाचन : त्रिविका ११ आङ्गिक क्याम्पसमा प्रक्रिया अगाडि बढेन

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र

मनाङका ९० किशोरीले लगाए एचपिभी खोप

मनाङ – हिमाली जिल्ला मनाङका ९० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको

मेचीनगर गोल्डकप : उपाधिका लागि आयोजक काँकडभिट्टा र चर्च ब्वाइज भिड्ने

झापा – काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका

गोरखाको इतिहास अध्ययन र प्रवर्द्धन गर्न ‘स्रष्टा पदयात्रा’

गोरखा – गोरखाको इतिहास अध्ययन र पर्यटन प्रवर्द्धनका लागि ‘स्रष्टा

नेविसङ्घले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन पहल गर्ने

काठमाडौं – नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन