नेविसङ्घले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन पहल गर्ने « Khabarhub

नेविसङ्घले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन पहल गर्ने


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएको छ ।

नेविसंघले आज यहाँ पत्रकार सम्मेलन गरी ‘स्वतन्त्र विद्यार्थी युनियन’ ९स्ववियु० को चुनावी घोषणापत्र सार्वजनिक गर्दै हरेक विश्वविद्यालय तथा क्याम्पसमा ‘डिजिटल लाइब्रेरी’ र ‘निःशुल्क वाइफाइ व्यवस्थापन’ का लागि पहल गर्नेसमेत जनाएको छ ।

विद्यार्थी स्वयम्को सक्रिय सहभागिता र नेतृत्वमा डिजिटल माध्यममार्फत ज्ञान सिर्जना, सङ्ग्रह र प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन, अनुसन्धान, रचनात्मक लेखन, शैक्षिक सामग्री निर्माण तथा डिजिटल पुस्तकालय विस्तारलाई प्रोत्साहन गरिने नेविसंघले घोषणा पत्रमा उल्लेख गरेको छ ।

यस्तै, त्रिभुवन विश्वविद्यालयका हालसम्मका सम्पूर्ण शोधपत्र सङ्ग्रह गरी अभिलेख निर्माण गर्ने, क्याम्पस परिसरमा सस्तो तथा निःशुल्क छात्रवास व्यवस्थाका लागि पहल गर्ने, व्यावहारिक शिक्षा सुधार तथा ‘पेड इन्टर्नसिप’ कार्यक्रम अगाडि सार्नेसमेत नेविसंघले जनाएको छ ।

अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ विद्यार्थीको हक, हित र मुद्दामा सधैँ झै इमान्दार रहेको विचार व्यक्त गरे ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ९ : २६ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा