दर्शकसँग खुलेआम झुट बोल्ने फिल्मकर्मी ! « Khabarhub

दर्शकसँग खुलेआम झुट बोल्ने फिल्मकर्मी !


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २०८१ साल हामीबाट बिदा भएको छ । चलचित्र विकास बोर्डका अनुसार यो वर्ष ६२ वटा नेपाली फिल्म प्रदर्शनमा आए ।

यो वर्ष पनि घरेलु बजारको बक्स अफिस कलेक्सनबाट करिब १० प्रतिशत फिल्मले मात्रै लगानी सुरक्षित गरे ।

यो वर्ष फिल्म प्रचारको माध्यम सामाजिक सञ्जालमा नै बढी भयो । मेकरहरुले प्रचारमा नयाँ प्रयोग शैली अपनाएको पाइएन ।

यो वर्ष दुई गलत प्रवृतिले निरन्तरता पाएको देखियो । पहिलाे हो– निर्माता आफैँले टिकट किन्ने र दोस्रो ग्रस कलेक्सन झुटो बोल्ने ।

टिकट किन्ने प्रवृतिलाई त अहिले निर्माताहरु फिल्मको व्यापारिक रणनीति मान्न थालेका छन् । केहीले त ‘मैले यतिको टिकट किनेको’ भनेर सामाजिक सञ्जालमै स्वीकार गर्न सुरुवात गरिसके ।

नेपाली फिल्म इतिहासकै सबैभन्दा बढी व्यापार गर्ने ‘पूर्णबहादुरको सारङ्गी’का निर्माताले १० लाखभन्दा बढीको टिकट किनेको खुलेआम स्वीकार गरे ।

उनले सामाजिक सञ्जाल फेसबुकमै लेखेका छन्, ‘इन्द्रेको बाउ चन्द्रेले फिल्म बनाएपनि २०–२५ लाखको त टिकट किन्नै पर्छ । १०–१२ लाखको त हामीले पनि किनेकै हो । अब टिकट काट्नु पनि मार्केटिङ प्लान हो ।’

विनोदले स्वीकार गरे । यथार्थ बोले । तर, यसरी टिकट काट्ने निर्माताहरुको सूची लामो छ । मात्र उनीहरु विनोद जसरी खुल्न सकेका छैनन् ।

भिडियो :

अनलाइनमा टिकट बिक्री भएको देखिन्छ, हलमा दर्शक हुँदैनन् । यो निर्माता आफैँले टिकट काटेर आइपरेको अवस्था हो ।

यसरी निर्माताले टिकट काट्नुको कारण हो– हाउसफुल देखाउनु । अनि ‘फेक हाउसफुल’को स्क्रिनसट सामाजिक सञ्जालमा हालेर फिल्मको प्रचार गर्ने ।

‘फेक हाउसफुल’ देखाउँदा अन्य दर्शक फिल्म हेर्न उत्सुक हुन्छ भन्ने मान्यता हाम्रा फिल्ममेकरहरुले बोकेका छन् ।

अर्को गलत प्रवृति भनेको ‘फेक ग्रस कलेसक्सन’ सार्वजनिक गर्ने हो । बढाएर ग्रस कलेक्सन देखाउँदा दर्शक फिल्म हेर्न उत्सुक हुन्छन् भन्ने मानसिकताले नै काम गरेको पाइन्छ ।

यसरी ग्रस कलेक्सन बढाएर झुट बोल्न नायक, नायिका, निर्देशक र निर्माताहरु नै लागि परेको पाइन्छ । यो झुट आफ्नै दर्शकसँग बोलेको भन्ने उनीहरुलाई थाहा छ तर यो कार्यक्रम उनीहरुले सानो हिटकिचावट पनि राखेको पाइदैन ।

यो वर्ष ग्रस केलेक्सन झुट बोल्नेहरु

यो वर्ष ग्रस कलेक्सन बढाएर आफ्ना दर्शकसँग झुट बोल्न नायिका नीता ढुंगाना माहिर देखिएकी छन् ।

उनी निर्माता र नायिका रहेको फिल्म ‘ह्रस्व दीर्घ’ कात्तिक ३० मा प्रदर्शनमा आएको थियो ।

भारतीय कलाकारको अभिनय रहेकाले फिल्मको प्रचारमा सहयोग पुग्यो तर अपेक्षितरुपमा दर्शक हलमा पुगेनन् । यो फिल्म फ्लपकै सूचीमा परेको छ ।

अकुपेन्सी कमजोर भएपछि नीताले ग्रस कलेक्सन झुटो बोलेर दर्शकलाई हलमा तान्ने कुचेष्टा गरिन् । उनले ५ करोडभन्दा बढीको ग्रस कलेक्सन भएको भन्दै खुलाम्खुल्ला सामाजिक सञ्जालमा झुट बोलिन् ।

चलचित्र विकास बोर्डका अनुसार यस फिल्को लाइफटाइम ग्रस कलेक्सन ४ करोड ३३ लाख छ । नीताले पनि १० करोड ग्रस कलेक्सन भएको झुट बोलिन् ।

यसरी झुट बोल्न निर्देशक वसन्त निरौला पनि कमका देखिएनन् । असोज २४ बाट उनको फिल्म ‘ज्वाइँ साब’ प्रदर्शनमा आएको थियो । यो फिल्म सोही मितिमा प्रदर्शनमा आएका ‘१२ गाउँ’ र ‘छक्का पञ्जा–५’ उच्च अकुपेन्सीको चेपुवामा परेको थियो ।

दर्शकलाई हलमा तान्न अन्तिम अश्त्रका रुपमा निर्देशक वसन्तले ग्रस कलेक्स बढाए । थोरै मात्र बढाएको भए पनि प्राविधिक त्रुटि मान्न सकिन्यो ।

वसन्तले लाइफ टाइम १ करोढ ३१ लाखको व्यापार गरेको फिल्म ‘ज्वाइँ साब’ले पहिलो साता नै ३ करोड २५ लाख व्यापार गरेको भन्दै दर्शकको आँखामा छारो हाल्ने प्रयास गरे ।

फिल्म ‘आउटल : दफा २१९’ निर्माता अमित अग्रहरी र नायक सुशील श्रेष्ठले पनि हौसिएरै झुट बोलेको पाइएको छ । उनीहरु भने आफ्नो फिल्मको ओपनिङ ग्रस कलेक्सन झुट बोलेर हलमा दर्शक तान्न लागिपरेको थिए ।

‘आउटल : दफा २१९’को अहिलेसम्मको व्यापार १ करोड ४५ लाखभन्दा केही बढी छ । यता निर्माता अग्रहरी र नायक सुशीलले भने सुरुवाती दुई चार दिनमा फिल्मको व्यापार २ करोड ३ लाख पुगेको भनेर झुट बालेका हुन् ।

यी त यो वर्षका केही प्रतिनिधिमुलक घटना मात्रै हुन् । केहीले झुटो ग्रस कलेक्सन सामाजिक सञ्जालबाट हटाइसकेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ७ : ३५ बजे

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन

बनियानी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक,

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थपको माग

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण