आज नयाँ वर्ष २०८२ साल वैशाख १ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज नयाँ वर्ष २०८२ साल वैशाख १ गते सोमबारको राशिफल


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज नयाँ वर्ष २०८२ साल वैशाख १ गते सोमबार। वैशाख कृष्ण पक्षको द्वितिया तिथि। तदनुसार सन् २०२५ अप्रिल १४ तारिख। नयाँ वर्षमा शनिदेवको गति अनुसार कुम्भलाई अन्त्य साढेसाती, मिन राशिलाई मध्य साढेसाती, मेष राशिलाई आध्य साढेसाती दशा चल्नेछन्। सिंह र धनु राशिलाई अढैया शनि रहेको छ। अरु सात राशि मिथुन, वृष, कर्कट, कन्या, तुला, विश्चिक, मकर राशि शनिदशाबाट मुक्त छन्। शनिदशाबाट मुक्त हुनु भनेको यी राशिका लागि यो वर्ष राम्रो छ। ज्योतिषशास्त्र अनुसार यो वर्ष राज्यमा राम्रा काम धेरै हुनेछन्। राज्यको सम्पत्ति दुरुपयोग गर्नेमाथि कानुनी कारबाही हुनेछ। तर विश्वमा भने राज्यले आफ्नो इज्जत जोगाउन जोखिम पर्ने देखिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। खर्चबाट जोगिनु पर्नेछ। मनमा साना कुराले सताउने जोखिम छ। गणेशको आरधना गरेर दिनको सुरुवात गर्नुपर्नेछ। विपक्षीको साथ मिल्नेछ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ।

वृष : बौद्धिक व्यक्तिसँग भेट हुनेछ। स्वास्थ्यले साथ दिनेछ। शिक्षामा गरेको लगानीबाट प्रगति हुनेछ। विपक्षी मोर्चा बलियो बन्दा राजनीतिमा घाटा हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन : शैक्षिक क्षेत्रको गुणस्तर बढ्नेछ। पठनपाठनमा मिहिनेत गर्नुपर्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। सामूहिक निर्णयबाट फाइदा हुनेछ। व्यापारमा लगानी गरेको भए नाफा हुनेछ।

कर्कट : दिन राम्रो छ। राजनीतिमा साथीको साथ मिल्नेछ। सेवाको अवसर मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा ठगले दुःख दिनेछन्। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : शनिदेवको सुरुवाती दशा चल्दैछ। तपाईंको बोली सुनेर साथी टाढा पुग्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ।

कन्या : जग्गाको कारोबारबाट फाइदा हुनेछ। साथीभाइको साथ मिल्नेछ। कृषिको व्यापारबाट लाभ हुनेछ। राजनीतिक क्षेत्रमा विपक्षी मोर्चामा रहेकाले सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। मन खुशी बन्ने दिन छ। आफ्नो काम देखेर मन बुझाउने ठाउँ प्रशस्त छन्। साथीभाइको साथले विशिष्ट सम्मान प्राप्त हुने योग छ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ।

वृश्चिक : शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको सफल बन्नेछ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन हलुका हुनेछ। परिवारमा कर्तव्य पूरा गर्नुपर्नेछ। धेरै माया देखाउँदा धोका हुने जोखिम छ।

धनु : दिन सामान्य राम्रो छ। आम्दानी बढे पनि इज्जतमा प्रश्न उठ्नेछ। सम्पत्तिको पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। श्रमको मूल्य प्राप्त हुनेछ।

मकर : दिन राम्रो छ। तपाईं साढेसातबाट मुक्त हुनुभएको छ। काम गर्ने शैली फेरिनेछ। मनमा उत्साह बढ्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन उत्साहित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य छ। वर्षको सुरुवाती दिन भएकाले शिवको भजन मात्र सुन्न सकेमा ठुलो फाइदा हुनेछ। जन्मकुण्डलीमा ३, ६ र ११ औं स्थानमा शनिदेव भए राम्रो फाइदा हुनेछ। खर्च बढ्ने जोखिम छ।

मीन : दैनिकी सामान्य छ। शुद्धतामा ख्याल गर्नुपर्नेछ। बोलीमा नम्रताको खाँचो देखिन्छ। आफन्त टाढा हुने जोखिम छ। शिक्षामा ढिलासुस्ती हुनेछ। हरेक काममा मिहिनेत गर्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ५ : १२ बजे

भारतीय सेनाले भन्यो : बिहीबार पाकिस्तानले ४०० ड्रोन हान्यो

नयाँ दिल्ली – भारतीय सेनाले बिहीबार राति पाकिस्तानले भारतका विभिन्न

अमृतसर र फिरोजपुरमा ठूलो विस्फोटको आवाज, जम्मूमा गोलाबारी

काठमाडौं – भारत र पाकिस्तानबीच आज पनि गोलबारी जारी छ

राष्ट्रपति पौडेल र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी

जम्मुमा आज पनि ब्ल्याकआउट, स्थानीयलाई घरभित्रै बस्न आग्रह

काठमाडौं – भारत प्रशासित जम्मु कश्मिरमा आज पनि ‘ब्ल्याकआउट’ गरिएको

भारत–पाकिस्तान तनाव : एलओसीपछि नेपाली सीमामा पनि कडा निगरानी, सुरक्षाकर्मी थपियो

नयाँदिल्ली – बिहीबार रातिदेखि पाकिस्तानसँग तनाव चुलिएपछि भारतले नेपालतर्फको सीमावर्ती