लगातार तीन बलमा रन आउट भएपछि दिल्लीको पहिलो हार, मुम्बई १२ रनले विजयी | Khabarhub Khabarhub

लगातार तीन बलमा रन आउट भएपछि दिल्लीको पहिलो हार, मुम्बई १२ रनले विजयी


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटलले पहिलो हारको सामना गरेको छ। आइतबार भएको खेलमा मुम्बई इन्डियन्सले दिल्लीलाई १२ रनले हरायो। २०६ रनको लक्ष्य पछ्याएको दिल्ली १ ओभर बाँकी रहँदा सबै विकेट गुमाउँदै १९३ रनमा समेटिएको हो।

मुम्बईले १९ औं ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिएपछि दिल्ली पराजित भएको हो। दिल्लीले लगातार तीन बलमा रन आउटको रूपमा तीन ब्याट्सम्यान गुमाएको थियो। १९ औँ ओभरको चौथो बलमा दोस्रो रन लिने प्रयासमा आशुतोष शर्मा आउट भए भने लगत्तैको बलमा कुल दीप यादव पनि सोही शैलीमा रन आउट भए। ओभरका अन्तिम बलमा मोहित शर्मा रन आउट भए।

मुम्बईलाई जित दिलाउने क्रममा स्पिनर करण शर्माले चार ओभरमा ३६ रन खर्चेर तीन विकेट लिए। दिल्लीका करुण नाइरले ८९ रन जोडे पनि अन्य ब्याट्सम्यान प्रभावकारी हुन सकेनन्।

मुम्बईका स्टार बलर जसप्रित बुमराह भने असफल रहे। उनले एक विकेट लिए पनि चार ओभरमा ४४ रन खर्चिए। सात वर्षपछि आईपीएलमा पहिलो अर्धशतक प्रहार गरेका करुणले बुमराहको ओभरमा तीन चौका र दुई छक्का प्रहार गरे। बुमराहको ९ बलमा उनले २८ रन बटुले।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई ले पाँच विकेटको क्षतिमा २०५ रनको योगदान गरेको हो।

मुम्बईको पारीका नमन धीर र तिलक बर्माको पाँचौँ विकेटका लागि भएको ६२ रनको साझेदारी महत्त्वपूर्ण थियो। १५ औँ ओभरको पहिलो बलमा कप्तान हार्दिक पाण्डे आउट भए पछि धीर ब्याटिङ गर्न आएका थिए। उनी अविजित रहँदै १७ बलमा ३८ रन जोडे। उनले तीन चौका र दुई छक्का प्रहार गरे।

वर्मा भने ३३ बलमा ५९ रन जोडेर आउट भए। यसअघि प्रारम्भिक ब्याट्सम्यान रेन रिकेल्टनले २५ बलमा ४१ तथा सूर्य कुमार यादवले २८ बलमा ४० रन जोडे। पराजित दिल्ली आठ अङ्कसहित दोस्रो स्थानमा छ भने मुम्बई चार अङ्कसहित सातौँ स्थानमा छ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ६ : १८ बजे

सहकारीका समस्याबारे राष्ट्रपतिको चासो

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो

बेलायती प्रधानमन्त्रीले गत वर्ष कति तिरे कर ?

काठमाडौं– बेलायती प्रधानमन्त्री किर स्टार्मरले गत आर्थिक वर्ष तिरेको करको

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बुधबार 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका

शिक्षकका मागप्रति सरकार गम्भीर छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शिक्षकका मागप्रति सरकार

भियतनाममा चिनियाँ राष्ट्रपतिले भने- ‘एकपक्षीय हेपाइ’ को संयुक्त प्रतिकार गरौँ

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले भियतनामलाई ‘एकपक्षीय हेपाइ’ को प्रतिकार